दिलमा लागेको चोट न देखाउन सक्छु न ओखती नै गर्न

89

दुनियाँ चोट दिन विशिष्टिकरण नै हासिल गरेका मानिसहरुले भरिएको छ । दिलमा चोट परेपछि मानिस मानसिक रुपमै लगभग अपांगको स्थितिमा पुग्छ । मानसिक रुपबाटै अपाङ्ग भएको व्यक्ति शारीरिक सपांगताको बावजुद कमजोर अनि निष्क्रिय बन्छ । त्यतिमात्र होइन, आफ्नो जीवनलीला नै समाप्त पार्न पनि सक्छ, आत्महत्याको माध्यमले । चोटका भावहरु सुन्ने र बुझ्ने कोही नभएपछि मनका घाउहरु झनै बल्झिदो रहेछ । दुःख बाँडे घट्छ, सुख बाँडे बढ्छ भन्छन् । दुःख बाँड्न मिल्ने जोसँग थियो उसैले मनमा घात गरेपछिको पीडा न कसैले देख्दो रहेछ न यसको कुनै उपचार नै हुँदो रहेछ । सबैभन्दा नजिकको आत्मिय मुटुमा बसेको व्यक्तिले दिएको चोट सारा संसारले एकै चोटी दिएको चोटभन्दा धेरै गुणा ठुलो हुँदो रहेछ । यही चोटका आधारमा मूल्यांकन गर्ने नियम हुँदो हो भने मानिस कति धनी हुँदो हो भन्ने भावहरु अभिव्यक्त भएका पँक्तिकारका केही पँक्तिहरु प्रस्तुत छ । — सम्पादक

चोट दिलमा लागेको छ, जहाँ न म देखाउन सक्छु न त कुनै ओखती नै गर्न ।
मनिसहरुले त बस देखावटी मुस्कानकै भरमा तिमी एकदमै खुसि छौ है भनिदिए भई हाल्यो ।
अनेकौ चोट सहने बानी पेरेपछि अरुको दुःख पनि सामान्य लाग्दो रहेछ अनि दुनियाँ भन्छ तँ कति कठोर मनको रहेछस भनेर ।
चोट अनि बिछोड को मूल्य के थाहा हजारौं दिलसँग खेल्ने बानी जो परेको छ तिमीलाई ।
जिन्दगीमा पीडा त एक रति नि कम भएको छैन, बस चोट सहने बानी मात्रै परेको हो ।
देखिने चोट दिएर जान्थ्यौ भने कमसेकम दनियाँले बिचरा ऊ त भन्दो हो ।
समय र परिस्थितिले मानिसलाई अनगिन्ति चोट दिएर जान्छ, फरक यति हो कुनै चोटको मलम हुन्छ त कुनै चोट सहने चलन हुन्छ ।
तिमीले दिएको चोट यति धेरै रहेछ कि मैले आंसुले किस्ता–किस्ता गरी तिर्दा पनि अझै सकिन ।
यदि चोटको पनि मूल्य हुने थियो भने सायद म संसारकै धनी भई सक्थेंहोला ।

प्रकाश बराल

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg