पन्ध्र रोपनी जग्गामा उम्रिएको औषधीय गुणले भरिपूर्ण गाँजा नष्ट

37

बुटवल, २०७७ साउन १३ 

काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ डाँडा गाँउस्थित करिब १० रोपनी जग्गामा आफै उम्रिएको अवैध लागूऔषध गाँजाको करिब १० हजार बोट सोमबार प्रहरीले नष्ट गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंज, महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र सामुदायिक प्रहरी, बूढानीलकण्ठ नगरपालिका-५ का वडा कार्यालयको टोली, डाडगाउँ युवा क्लब र स्थानीय बासिन्दाको सहभागितामा उक्त गाँजाका बोटहरु नष्ट गरिएको   हो ।

यसैगरी, काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित सडकखण्ड आसपासमा प्राकृतिक रुपमा उम्रेका गाँजाका करिब ५ हजार बोट मंगलबार बिहान नष्ट गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले धुम्रबाराह क्लबको सहकार्यमा उक्त गाँजाका बोटहरू नष्ट गरेको हो ।

औषधीय गुणले भरिपूर्ण गाँजाको खेती गरेर अनेक प्रकारका रोगबाट मुक्ति पाउन सकिने यथार्थका बाबजुद नेपालको कानुनले यसलाई गैरकानुन मानेको छ । गाँजामा विभिन्न प्राकृतिक तत्वहरु हुन्छन् । ओमेगा ३, ओमेगा ६ र ओमेगा ९ पनि गाँजामा मुख्य तत्वको रुपमा उपस्थित हुन्छ । गाँजाको आयुर्वेदिक महत्वबारे अनुसन्धान गरेर यसलाई आरोग्य प्राप्तिका लागि व्यवसायीकरण गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्न सक्थ्यो । गाँजाको प्रयोगलाई स्वास्थ्य प्राप्तिका लागि सहयोगी घटकको रुपमा प्राचीन समयमा ऋषि, मुनिहरुले खोज गरेका थिए ।

सबै प्रकारको मौसम, माटो अनि वातावरणमा खेती गर्न सकिने केही छ भने त्यो हो एकमात्र गाँजा । थाइलैण्ड, इण्डोनेशिया, जापान जस्ता देशहरुमा कुनै बेला गाँजालाई गैरकानुनी मानिथ्यो । आज ती देशहरुले समेत गाँजा प्रशोधन उद्योगहरु सञ्चालन गरेर त्यसबाट देशको आर्थिक विकासमा भरपुर सहयोग लिएका छन् । टिबी, क्यान्सर, मांसपेशीय दर्द, पेट, श्वासप्रश्वास, मस्तिष्क, आँखा र मुटुको समस्या, त्यसैगरी प्रसव पीडा, अल्जाइमर, टाउकोको आधा भागमा दर्द लगायत १०० भन्दा बढी रोगहरुमा गाँजा लाभकारी प्रमाणित भएको छ । गाँजा पौष्टिक तत्वले भरिएको छ । यसको धार्मिक महत्व पनि उत्तिकै छ । गाँजाले मस्तिष्कघातलाई समेत निको पार्न सक्छ ।

गाँजाको सबै भागलाई प्रयोग गरेर लाभ लिन सकिन्छ । गाँजाको फाइबरबाट कपडा पनि बनाउन सकिन्छ । यो कपडा एन्टिबेक्टिरियरल हुन्छ ।

गाँजाले मान्छे मारेको इतिहास छैन बरु ठाउँ ठाउँमा बिक्रि गरिने मदिरा पसलबाट मादक पदार्थ सेवन गर्दा हजारौंले ज्यान गुमाएका छन् । यस्ता मदिरा बिक्रिलाई सरकारले मान्यता दिन्छ तर गाँजा जो विशुद्ध प्राकृतिक हो त्यसलाई अभियान चलाएर नष्ट गरिन्छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg