पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ३८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए

14

काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ३८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । यो एकै दिन संक्रमित हुने अहिलेसम्मकै धेरै संख्या हो ।

केही समययता नयाँ बिरामी थपिने क्रम बढेकामा गएको २४ घण्टामा अहिलेसम्मकै धेरै बिरामी थपिएका वर्ल्डओमिटरले जनाएको छ ।

यसअघि हिजो दुई लाख १८ हजार र अस्ती दुई लाख २४ हजार बिरामी थपिएकामा २४ घण्टामा दुई लाख ३८ हजार नयाँ बिरामी थपिएका हुन् ।

योसँगै विश्वभर संक्रमितको संख्या एक करोड ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये एक करोड ४ लाख ३३ हजार मानिस उपचारपछि निको भएका छन् ।

२४ घण्टामा दुई लाखभन्दा धेरै निको भएका छन् । गएको २४ घण्टामा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ६१ हजार, भारतमा साढे ४९ हजार र ब्राजिलमा ४१ हजार नयाँ बिरामी थपिएका वर्ल्डओमिटरले जनाएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg