रोट्र्याक्ट क्लब अफ बुटवल चौतारीद्वारा विद्यालय परिसरमा वृक्षारोपण सम्पन्न

102

पहिलोसन्देश डेस्क, बुटवल, साउन १७ ।
रोट्र्याक्ट क्लब अफ बुटवल चौतारीले साउन १७ गते (आज) वृक्षारोपण कार्य सम्पन्न गरेको छ । बुटवल स्थित श्री मायादेवी जनजागृति आधारभूत विद्यालयको परिसरमा क्लबले वृक्षारोपण गरेको हो ।
विद्यालयका प्रधानाध्यापक माधव लोहनीले रोट्र्याक्ट क्लब अफ बुटवल चौतारी र यस्तै अन्य समाज सेवामा समर्पित सँघसंस्थाहरुकै साथ र नियमित सहयोगका कारण यस क्षेत्रका बालबालिकाहरुले विद्यालय आइ पढ्न पाएको बताउनु भयो ।
कार्यक्रममा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठले आउने दिनहरुमा पनि विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
विद्यालयको मानसिक वातावरण स्वस्थ होस् भन्ने उद्देश्यका साथ सम्पन्न गरिएको वृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री धन बहादुर गुरुङ्ग, विद्यालयका सल्लाहकार मेघराज घिमिरे लगायतले बोल्नु भएको थियो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg