कस्तो मान्छे ?

55

कस्तो मान्छे ?
—राम बाबु यादव
आफू त जड भइ बसि,
अरुको कम्मर कसी ।
विवेक छ, निच भन्दा कान्छेको,
अह ! विचार कस्तो मान्छेको ।।

नराम्रो भन्छन् , गएर घर–घर को,
तल पार्न खोज्छन्, मान्छे प्रखरको ।
आफू् त अदना भइ बसि,
सिकाउँदा मुख फेर्छन् हाँसी ।।

ठूलोलाई भेट्दा, भन्छौ काजी,
सानोलाई हेर्दा, पाजी, पाजी ।
आफूभित्र त अवगुण भरिएको,
नाना थरिका विचारले डरिएको ।।

अरुलाई भन्छौ, म गुणवान,
छैन राम्रो मभन्दा कोही विद्वान ।
दम्भ दुर्भाव, मन त्यो भित्र ,
कसरी जानु, छौ तिमी पवित्र ।।

आफू त जाबो रहेछ,
सकललाई जाबो भनेछ ।
बिना उद्यम नै बाँच्ने ।
अह ! कस्तो मान्छे रहेछ ।।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg