चन्द्रकान्त पौडेलको परिवारमा रुवाबासी, स्थानीयले काटिदिए घरको बिजुली

2086

राजु विके, रुपन्देही, असोज ७ ।

आचार्य चन्द्रकान्त बस्दै आएको घरको बिजुली काटिएको छ । गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद पुराण पढुन् भन्दै सत्याग्रहमा उत्रेकाले सो कुराको विरोधमा स्थानीयहरुले चन्द्रकान्त पौडेलको परिवारलाई झैझमेलामा पार्ने काम तीव्र पार्ने क्रममा घरको बिजुली काटिएको हो ।

चन्द्रकान्त बस्ने घरमा आज बिहानैदेखि बिजुली थिएन । बिजुली गएको रहेछ आउँछ भन्दै दिनभरी केही ख्याल नगरि बसेका पौडेल परिवारले सांझ मात्र तार काटिएकोे थाहा पाए ।

घरको मेन गेटदेखि घरपरिसरको गेटसम्ममा गाउँलेहरुले ताल्चा लाएका छन् । भुइतलामा घर पछाडि खेततिरपर्ने बाटो हुँदै घरभित्रबाहिर गर्न बाध्य छ पौडेल परिवार । जातिविभेदलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा रहेका विरोधीहरुले कहिले पानी बन्दगरिदिने, कहिले बिजुलीको तार काटिदिने, कहिले आचार्य पौडेलकी श्रीमतीलाई तँ माइत गइहाल, यसलाई के गर्नुपर्छ हामीलाई थाहा छ, हामी गर्छौं भन्दै धम्की दिएर दुःख दिने काम बिगत केही समयदेखि भइरहेको छ ।

जातिविभेदको कुसँस्कृतिलाई सिंगो गाउँले बचाइराख्न खोजेको कुरा स्थानीय प्रशासनले थाहा पाउँदा पनि प्रचलित कानुन बमोजिम यातनादिनेरुलाई कार्वाही प्रक्रिया अघि बढाएको छैन ।

बाहुन समुदायलाई अहित हुनेगरि जातिविभेद विरुद्ध लाग्ने छोराको पक्ष लिइस् भन्दै गोविन्द पौडेलले आफ्नै श्रीमतीमाथि कुटपिट गर्ने, मानसिक यातना दिने, येति गरेर पनि मन नअघाएपछि सम्बन्धविच्छेदका लागि कानुनी प्रक्रियासम्म अगाडि बढाएका छन् । उनी सम्बन्ध विच्छेद गर्छु, सम्पत्ति पनि दिन्न भन्दै आएका छन् ।

शक्ति बाबासँग आफ्नी बुढीलाई सुताउँछस् भन्नेसम्मका आरोप लगाइ चन्द्रकान्तको परिवारलाई उठीबास लाउने उद्देश्यले आफन्तहरु मिलेरै खेदो खन्न छोडेका छैनन् । गोविन्द पौडेल, केदार पौडेल, मुकुन्द पौडेल, ध्रुब पौडेल लगायत कमलनयन स्वामी, ऋषि प्रपन्न स्वामीले शक्ति बाबा र चन्द्रकान्त पौडेलको परिवारविरुद्ध मानवीयताका सबै सीमाहरु तोड्दै अत्याचारमाथि अत्याचार गर्न लागीपरेका छन् । उनीहरुले चन्द्रकान्त बस्दै आएको घरको मालिकलाई विदेशमै फोन गरेर घर छोड्न भन्नसमेत लगाए ।

गोविन्द पौडेलले आफ्नो अपवित्र संस्कारलाई व्यवहारमा उतारेर महिला हिंसा, महिलाको चरित्र हत्या, ज्यान मार्ने धम्की लगायत जाति विभेदसम्मका अपराध गरेकाले उनी विरुद्ध सबै कानुन अन्तर्गत कार्वाही गर्नुपर्ने देखिन्छ । यद्यपि त्यसो हुनसकेको छैन ।

चन्द्रकान्त पौडेल भन्नुहुन्छ ‘‘आफ्ना अपराधी पितालाई कानुनी कार्वाहीमा लैजाम भने अगतिलो छोरो भनेर चिनिने डर, चुप लागेर बसम् भने आमामाथि भयानक पीडा सह्य छैन । ठुलो धर्म संकट आइ परेको छ ।’’

येतिबेला मानवरुपी दानवहरुको बांदरे व्यवहारले गर्दा चन्द्रकान्त पौडेल डेरा गरी बस्ने घरमा बिजुली छैन । अन्धकार छ । कतैबाट सर्प आइ केही दुर्घटना पो हुनी हो कि भन्ने डर छ ती स–साना बच्चालाई । निष्ठुरीहरुले बच्चाको ख्यालसमेत गरेनन् ।

अब यो समस्या राष्ट्रिय मिडियाहरुले बाहिर ल्याउन जरुरी छ । सनातनी वेद सँस्कृति अपनाएर समाजलाई कसरी स्वस्थ बनाउने, कसरी सन्तुलित राख्ने भनेर चिन्तन लिने चन्द्रकान्त पौडेललाई मानसिक रोगको डाक्टरसँग सल्लाह लिन लगाइ औषधि खान भनिएको छ । विकृत सोच भएकाले पो औषधि सेवन गर्नुपर्ने हो । उनीहरु त पूर्ण स्वस्थ मानिएका छन् अझै पनि चिकित्सकीय सिद्धान्त तथा कानुनी रुपमाबाटै । कस्तो विडम्बना !

चन्द्रकान्तलाई कमजोर ठान्नेहरु आफै कमजोर मानसिकताका धनी हुन् । असत्य केही समय बलियो देखिन्छ त्यसपछि जीत त सत्यकै हुन्छ । किन कि सत्यसँग परम पिता परमेश्वर हुन्छन् जो सर्व शक्तिमान हुन्, सर्वज्ञानी हुन् ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg