श्रीधर अधिकारीको ‘‘जिस्किएर बोल्दिने बानीले’’ नयाँ सांगीतिक कोसेली आयो

137

राजु विके, रुपन्देही असोज ८ ।

‘‘जिस्किएर बोल्दिने बानीले, थाहै नपाइ दिल चोर्याै सानीले’’ बोलको सुमधुर साँगेतिक कोसेलीले सँगीतमा छुट्टै आयाम थपिदिएको छ । श्रीधर अधिकारीको शब्द, स्वर र सँगीतलाई गायिका पार्वती आचार्यले आफ्नो सुमधुर आवाजले मानौं सजाइ नै दिएकी छन् । मिक्सिङ्ग र मास्टरिङ्ग हेमन्त शिशिरको रहेको छ भने रिकर्डिङ्गको जिम्मेवारी शिशिर डिजिटल स्टुडियोले पुरा गरेको छ भने सुमन, सनम, रोशन, मनिषा र प्रकृतिको विशेष अभिनय रहेको छ ।

विडियो साउण्ड स्पष्ट र उत्कृष्ट किसिमको छ । साउण्ड क्वालिटि उत्कृष्ट छ । भाका, शब्द श्रोताको मन, आत्मामा सरल ढंगले छिर्नसक्ने क्षमताको रहेको छ । यथार्थ सँगीतको गुण यही हो । एक पटक होइन बारम्बार सुनौ झै लाग्ने यो साँगीतिक कोसेलीले हजारौं श्रोतामाझ आफ्नो महत्वपूर्ण स्थान बनाउने अनुमान लगाउन सकिन्छ ।

छायांकन तथा सम्पादान योगेश शाक्यको रहेको छ भने सहायक क्यामेरा म्यानमा दीपान्शु श्रेष्ठले योगदान दिएका छन् । गायक, सर्जक तथा नृत्य कोरियोग्राफरको रुपमा परिचित दीपक श्रेष्ठको निर्देशनमा निर्मित यो सांगीतिक विडियो निकै मन छुने प्रकृतिको छ । त्यसैगरि अभिनयकर्ताहरुको मनमोहक मेकअप मनु श्रेष्ठले गरेकी छन् भने गीतको म्युजिकल बिटमा अभिनयकर्ताहरुले देखाएको सफल र असल नृत्य सानु थापा मगरकै कोरियोग्राफीकै नतिजा हो । यो सांगीतिक विडियोको पोस्ट प्रोडक्शन निहारिका फिल्मस् प्रालिको रहेको छ ।

‘सोल्टिना’ शीर्षकको यो सांगीतिक विडियो निर्माणका लागि सहयोगी जिम्मेवारी पुरा गर्नहुरुमा लक्ष्मण अधिकारी, छविलाल आचार्य, बिमल अधिकारी, बादल घिमिरे, देवु पाण्डे, अंकित पाठक, दीपक तिवारी, अर्जुन मिश्रा र शिव खनाल रहेका छन् । सोल्टिना शीर्षकको निकै मनोरञ्जनात्मक यो विडियो सामग्री रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत पर्ने मणिग्रामको कुञ्ज पार्कमा छायांकन गरिएको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg