पोखरामा उत्पादित अर्गानिक मलले बजार पाउन सकेन

3

कोविड-१९ को विश्वव्यापी प्रभावले गर्दा त्यसको प्रभाव नेपालमा अत्याधिक परेको छ । कोरोना कालको लकडाउन तथा निशेषधाज्ञाका कारण अहिले देशैभरी रासायनिक मलको अभाव रहेको छ । सरकारले टेन्डर प्रकृयाबाट मल खरिद गरेको भए पनि लकडाउनका कारण समयमा यथेष्ट मात्रामा मल आयात हुन नसक्दा रासायनिक मलको अभाव भएको हो ।

रासायनिक मलको खोजीमा किसानहरु भौतारिरहेका छन् तर टनका टन स्टक रहेको नेपालमै निर्मित अर्गानिक मलतर्फ भने न किसान न त सरकार कसैको ध्यान गएको छैन । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ पोखरा ३२ मा स्थापना भएको गण्डकी ऊर्जा प्रालिले पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको छ ।

झण्डै एक वर्ष अघिदेखि महानगर भित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल र बायोग्याँस उत्पादन गरिरहेको कम्पनीले उत्पादित मल र बायोग्याँस बिक्री नहुँदा सबै स्टकमै थुप्रिएर रहेको छ ।

कम्पनीले खेर गएको फोहोरलाई प्रयोग गरि अर्गानिक मल उत्पादन गर्दै आइरहेको छ । दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरि दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीले दाबी गर्दै आएको छ । अर्गानिक फार्मका कृषकहरु र अनुदानमा टनेल खेती गर्ने कृषण्क नै यस कम्पनीका नियमित ग्राहक हुन् । कास्कीमा अहिले ३ वटा अर्गानिक मल उत्पादन गर्ने कम्पनी छन् । गण्डकी प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा मुख्यमन्त्री नमुना वातावरण मैत्री गाउँलाई पूर्ण अर्गानिक गाउँ बनाउने लक्ष्य लिएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg