तिम्रा ओठ अनि मुहारमा मुस्कान छाइ रहोस् (राजु विके)

33
तिम्रा ओठ अनि मुहारमा मुस्कान छाइ रहोस् 

तिम्रा ओठ अनि मुहारमा मुस्कान छाइ रहोस्
त्यो आँखाले मन परेको मान्छे देख्न पाइ रहोस्
चाहिए जति सफलता तिम्रै पछि लाइ रहोस्
तिम्रो कुभलो चिताउने वैरीले हार खाइ रहोस्
तिम्रा ओठ अनि मुहारमा मुस्कान छाइ रहोस्…………..

एक्लै जिउँछु भन्दै खोलेउ मनको राज
आइरह्यो तिमीबाट प्रिय यही आवाज
शान्तिले बाँच्न मलाई दिनु भनेउ आज
सुनाउनेलाईभन्दा सुन्नेलाई लाग्यो लाज
चिन्नै सकेन मलाई तिम्रो नजरले चंगाइ पाओस्
तिम्रा ओठ अनि मुहारमा मुस्कान छाइ रहोस् ………….

तिम्रो दिलको गाउँमा अब मेरो छैन बास
मेरो निम्ति तिम्रो चाहना भइ दियो नाश
खुशी तिम्लाई दिन्छु भन्ने थियो मेरो प्रयास
के भयो यस्तो अपुरै रह्यो मै दुःखीको आश
मैले भोगे जस्तो तिम्रो जीवनमा दुखाइ नहोस्
तिम्रा ओठ अनि मुहारमा मुस्कान छाइ रहोस् ………….

पहिरो आएन हाम्रो नाता खै के मा पुरियो
सानै बतासले निभायो हाम्रो प्रेमको दियो
शरीर होइन भावनाको सम्बन्ध हाम्रो थियो
फाटेको त्यो मन सिउन कहाँ खोजुँ सियो
हाम्रै साक्षी घाम हावा पानी, प्रेम पलाइ रहोस्
तिम्रा ओठ अनि मुहारमा मुस्कान छाइ रहोस् ………….

तिमीले झैं सक्दिन मैले मनको बह लुकाउन
म त तयार छु तिम्रै अघि यो सिर झुकाउन
बुझ मलाई तिमीले पनि त्यो मन फुकाउ न
मेरै दिलमा छौ तिमी हेर्न नजर उठाउ न
हाम्रो प्रेमको सुगन्ध मगमग सँधै बसाइ रहोस्
तिम्रा ओठ अनि मुहारमा मुस्कान छाइ रहोस् ………….

—राजु विके

 

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg