आफ्नै साथीले बोलाइ भीषण सामूहिक बलात्कार गर्दा युवतिको मृत्यु

39

भारतमा अर्काे दर्दनाक सामूहिक बलात्कारको घटना बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार उत्तर प्रदेशको बलरामपुरमा एक २२ वर्षीया युवतिको सामूहिक बलात्कार पछि निर्मम हत्या भएको बताइएको छ ।

युवतिलाई आफ्नै प्रेमी साथीले बोलाएर चार जनाले सामूहिक बलात्कार गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

केही दिन अगाडि मात्रै उत्तर प्रदेशको हाथरसमा एक युवतिको सामूहिक बलात्कार भएको घटना नसेलाउन पाउँदै अर्काे दर्दनाक बलात्कारको घटना बाहिर आएको हो ।

सामूहिक बलात्कारपछि आरोपीहरुले उनलाई गम्भीर हालतमा रिक्सामा राखेर पठाएको मिडिया रिपोर्टमा बताइएको छ । बलात्कृत पीडिताको २०२० सेप्टेम्बर ७ तारिक बुधबारका दिन रिक्सामै मृत्यु भएको थियो । युवतिको जिब्रो पूरै लटपटिएको थियो । १० मिनेट जति कुरा गरिन् । पेटमा जबरजस्त जलन हुन लागेको युवतिले अभिभावकलाई बताइन् । अस्पताल लैजांदा लैजादै बाटोमै मृत्यु भयो ।

मंगलबारका दिन आफु काम गर्ने प्राइवेट फर्मबाट युवति घर फर्किनन् । अभिभावकले फोन हाने तर उठेन । युवति पूर्णतया लट्ठिएको अवस्था थियो । पीडिताको हातमा सलाइन चढाउन प्रयोग हुने क्यानुला समेत लगाइएको थियो । लट्ठाउने औषधि दिइ बलात्कार गरेको देखिन्छ ।

उक्त घटनामा संलग्न दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । ती युवतिको पोस्टमार्टम रिपोर्टमा युवतिको कम्मर र हात भाँचिएको उल्लेख छ । शाहिद र साहिल नाम गरेका दुई व्यक्तिहरु पक्राउ परेको बताइएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg