जोगी र दुःखी (भाग–३)

82

जोगी र दुःखी (भाग–३)

उठ्दै थियौं हामी तीन,
लागौं अब गन्तव्यमा भनी ।
उताबाट ताली बजाउँदै,
आइन एउटि राम्री नानी ।।

दुई हातले ताली बजाउँदै,
बस–बस भनिन्,
लाग्दथ्यो यी नानीले
के भन्न थालिन ।।

बैशाखी वाला बसे नबोलि,
केभन्छिन् यि नानिले ।
दुखी बसे नबोलि केही
भन्छन् कि जोगी ज्ञानीले ।।

आउँदै थिए कतै बाट ,
सुनें तिमीहरूका कुरा ।
सबैका कुरा आए त्यहाँ
आएन यहाँ बाँकि छ अझै अधुरा ।।

जोगी भन्छ्न् ए नानी,
के छ र कुरा अधुरा ।
दुःखी भन्छन् गर्नसक्ने
भए गरौंला पुरा ।।

हेर्दा अग्लि गोरी सर्लक्क,
मिलेको फेस ।
हाँस्दा खेरि दाँत राम्रो
पछि राम्रो केस ।।

हेर्दा त्यति राम्री कि सुन्दरी,
स्वर्गकी परिहुन् कि ।
बोलिमा आवाज फरक थियोे
थिएन हुनुपर्थ्यो जुन कि ।।।

बैशाखीवाला भन्छन् बुझें ,
मैले यि नानीका कुरा ।
सम्झँदा रहेछन् समाजले
यि नानीलाई अधुरा ।।

शरीरको चर्चा मेरो,
मेकप यो बिन्दिको ।
कसैले कुरा उठाइ दिदैनौ
हामि तेस्रो लिङ्गीको ।।

गर्भमा हुँदा केथ्यो र गल्ती,
येस्तो जन्म भयो ।
बालापन गयो हाँसिखुशी
जवानीमा बल्ल थाहा भयो ।।

जब थाहा भयो समाजलाई,
गर्न थाले हेला ।
संगै खाइ खेलेका साथीहरू
छुट्टीए त्यही बेला ।।

नत बुझ्छ समाजले,
नत बुझछन् घरकाले ।
घरमा व्यबहार त्यस्तै
गर्छन् जे भन्छन् अर्काले ।

घरमा नबस्नि एउटा,
बाताबरण बन्यो ।
बचाउनलाई जीबन
अब संघर्ष गर्नु पर्यो ।।

समाजले हेला गर्छ अति,
भनु र म कति ।
सम्झेर ल्याउदा यो मन,
भक्कानिन्छ अति ।।

नछ हामीलाई अधिकार,
बिबाह भएर बस्नु ।
कस्तो बाध्यता हो
हामीलाई मुग्लान पस्नु ।।

छैनन् कोही मुग्लानमा ,
आफ्ना मागी खानु पर्यो ।
हाम्रो पीडा कस्तो छ भनि
राज्यले बुझी दिनु पर्यो ।।

पहिचानसहितको प्रमाण,
दिन राज्यले मान्दछ गाह्रो ।
हामीलाई भने आफ्नै देश
नेपाल लाग्दछ प्यारो ।।

राज्यले बनाएको छ,
हामीलाई घर न घाटको ।
हामीलाई माया कति छ कति
यो देशको माटाको ।।

सबैलाई आरक्षण छ,
छैन हामीलाई केही ।
सम्झेर ल्याउँदा राज्यसंग
दुःख लाग्छ त्यहीँ ।।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg