नेदरल्यान्ड्स पराजित, युक्रेनमाथि फ्रान्सको सानदार जीत

6

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्स पराजित भएको छ। बुधबार राति भएको खेलमा मेक्सिकोले नेदरल्यान्ड्सलाई १-० गोलले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मेक्सिकोले पेनाल्टी गोलबाट अग्रता लिएको थियो।

६० मिनेटमा राउल जिमेनेजले पेनाल्टीबाट गोल गरेका हुन्। नेदरल्यान्ड्सका नाथन एकेले जिमेनेजलाई पछाडिबाट तानेपछि पाएको पेनाल्टीमा जिमेनेजले गोल गरेका थिए।

त्यसअघि जिमेनेजले पाएका अवसर खेल फालेका थिए। नेदरल्यान्ड्सका लागि मेम्फिस डिपेको प्रहार बारमा लाग्दा बराबरी गर्ने अवसर खेर गएको थियो।

नेदरल्यान्ड्सले आगामी आइतबार नेसन्स लिगमा बेस्नियासँग खेल्नेछ।

यता अर्को मैत्रीपूर्ण खेलमा फ्रान्सले युक्रेनलाई ७-१ गोलले पराजित गरेको छ।

फ्रान्सका लागि कामाभिग्नाले नवौं मिनेटमा पहिलो गोल गरे। यस्तै ओलिभर जिरुडले २४ र ३३ मिनेटमा गरी दुई गोल गरे।

३९ मिनेटमा युक्रेनका माइकोनेल्कोले आफ्नै पोस्टमा गोल गर्दा फ्रान्सलाई फाइदा पुगेको थियो।

फ्रान्सका लागि तोलिसोले ६५ मिनेट, केलियन एमबाप्पेले ८२ मिनेट र एन्टोनी ग्रिजम्यानले ८९ मिनेटमा थप गोल गरेका थिए।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg