न्यू लाइट पूर्व विद्यार्थी समाजले वृहत् रक्तदान कार्यक्रम गर्दै

163

राजु विके, रुपन्देही, असोज २६ । न्यू लाइट सार्वजनिक शैक्षिक गुठीको प्राङ्गणमा वृहत् रक्तदान कार्यक्रम हुने भएको छ । न्यू लाइट पूर्व विद्यार्थी समाजको आयोजनामा उक्त कार्यक्रम गर्न लागिएको हो ।

समाजका संयोजक अर्जुन खरेलले दिएको जानकारी अनुसार वृहत् रक्तदान कार्यक्रम २०७७ साल कार्तिक १ गते शनिवारका दिन राखिएको छ ।

रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि शुरु हुने खरेलले बताए । प्राप्त जानकारी अनुसार न्यू लाइटका पूर्व र वर्तमान विद्यार्थी, अभिभावक लगायत शिक्षकहरुलाई समेत उक्त दिन कार्यक्रममा उपस्थित भइ रक्तदान गर्न सामाजिक सञ्जाल मार्फत् निमन्त्रणा गरिएको छ । यो समाचार तयार पार्दासम्म रक्तदान गर्न इच्छुक ३० जनाले आफ्नो नाम दर्ता गराइ सकेका छन् ।

समाजका संयोजक खरेल अनुसार रक्तदान गर्न इच्छुक बिगत र वर्तमानमा न्यू लाइटसँग सम्बन्धित रहेका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरुले ९८५७०७४१५४, ९८४४७६६५८२ अथवा ९८४४७०८७६३ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सक्ने छन् ।

कोरोना संक्रमणका बेलैमा रगतको अभावका कारण कसैले अकालमा मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

गत असार ३१ गते जुटेको पूर्व विद्यार्थीहरुको भेलाले विद्यार्थी तथा विद्यालयको हितमा संगठित स्वरुपको भूमिका निर्वाह गर्न न्यू लाइट पूर्व विद्यार्थी समाज स्थापना गरेको थियो । स्थापना भएपछि समाजले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg