तिमीले भन सानु, मैले नमानु, त्यस्तो कहाँ हुन्थ्यो र

64

तिमीले भन सानु मैले नमानु, त्यस्तो कहाँ हुन्थ्यो र
झुट बोलेउ टाढिन खोजेउ, त्यसै मन किन रुन्थ्यो र

 

तिम्रै खुशीमा मेरो खुशी छ, तिमीलाई दुःखी बनाउन चाहन्न
यो जीवनमा तिमीबाहेक म त अरुसँग रमाउन चाहन्न
तिमी साथ भए मनले अरुलाई आफ्नो किन मान्थ्यो र
झुट बोलेउ टाढिन खोजेउ त्यसै मन किन रुन्थ्यो र

अभिनय तिम्रो हो कति राम्रो झुक्कि पो हालें सांचो प्यार सम्झें
हुरी रहेछ दुःखको आउँदै त्यसैलाई मैले त बहार सम्झें
मनले भनेकै हो धोखा होला दिलले कहाँ सुन्थ्यो र
झुट बोलेउ टाढिन खोजेउ त्यसै मन किन रुन्थ्यो र

माया त थियो सांचो नै मेरो तर तिमीलाई प्रिय फाप्दै फापेन
मेरो ठाउँमा आएछ कोही सम्पत्ति देखेउ ममा मन लागेन
धनी मायालु खोज्यो मनले गरिब कहाँ चुन्थ्यो र
झुट बोलेउ टाढिन खोजेउ त्यसै मन किन रुन्थ्यो र

यो संसारनै त्याग्न परे त्याग्छु तिमीसँग नाता म कैलै तोड्दिन
तिम्रै त होनि यो दिल ज्यान तिम्रै कसम तिमीलाई छोड्दिन
तिमीलाई नै अपनाएको छु नत्र मन कसले छुन्थ्यो र
झुट बोलेउ टाढिन खोजेउ त्यसै मन किन रुन्थ्यो र

—राजु विके

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg