पोखरामा कोरोनाका कारण सशस्त्र प्रहरीको मृत्यु

3

पोखरा । कोरानाका कारण सशस्त्र प्रहरीमा कार्यरत एक प्रहरीको पोखरामा मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शसस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षीय सशस्त्र प्रहरीको कोरोनाका कारण मृत्यु भएको हो । उहाँको गए राती ११ः३० वजे मणीपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

असोज २५ गते अस्पताल भर्ना हुनुभएको उहाँको २७ गते सक्रमण पुष्टि भएको थियो । उहाँ वागलुङ ढोरपाटन नगरपालिका ७ का स्थायी वासिन्दा हुनुहुन्छ ।

यस सँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg