बुटवलका प्रहरी हवल्दार ४ लाख घुस लिएको आरोपमा पक्राउ

14

बुटवल— इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी चार लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनकी श्रीमती निर्मला केवट पनि पक्राउ परेकी छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले रुपन्देहीको सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसल छेउबाट शुक्रबार अपराह्न साढे २ बजे दसीसहित नियन्त्रणमा लिएको छ ।

एक जना अभियुक्तलाई धरौटीमा छुटाउन सहयोग गरेवापत घुस लिन लागेको भन्ने सूचनाका आधारमा हवल्दार र उनकी श्रीमती पक्राउ परेको जनाइएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg