नारायण विपी र विष्णुद्वारा अभिनित बबि जिसीको “परदेशी दशैँ गीत २०७७” बजारमा

112

राजु विके, रुपन्देही असोज ३० ।

‘‘गाउँघरको के माया छैन र ? दशैंँ आयो घर आउनी होइन र ?’’ बोलको साँगेतिक कोसेली बजारमा आएको छ। बबि जिसीको शब्द, सँगीत तथा देवी घर्ति र नारायण बिपीको स्वरले सजिएको लोक भाकामा रहेको यो साँगेतिक कोसेलीले चाडपर्वका बेला परदेशी घर आउन नपाउने बाध्यतालाई मार्मिक ढंगले चित्रण गरेको छ । झण्डै १२ मिनेटको साँगीतिक विडियोले विपन्न गरिब नेपालीको पुरा जीवनलाई स्पष्टरुपमा उजागर गरेको छ । मिक्सिङ्ग,मास्टरिङ्ग अडियो, विडियो, रेकर्डिङ्ग माला श्री स्टुडियोको रहेको छ ।

छायांकन तथा सम्पादान शोभाखर पन्थको रहेको छ भने सहायक क्यामेरा म्यानमा प्रदीप परियारले योगदान दिएका छन् । त्यसैगरि लोक गायक नारायण विपी परियार र विष्णु श्रीपालीको उत्कृष्ट अभिनयका कारण यो सांगीतिक विडियोले झन् निखार पाएको छ ।

‘परदेशी दशैँ गीत २०७७’’ शीर्षकको यो सांगीतिक विडियो निर्माण बिक्रमबाबु विश्वकर्माको निर्देशनमा सम्पन्न भएको हो ।

यो साँगीतिक विडियोले आम नेपाली सर्वसाधारणले गरिबीको दुःखबाट मुक्ति पाउन गाउँकै साहुसँग ऋण काढेर श्रीमती र बालबच्चाको समेत माया मारेर विदेशिनु पर्ने बाध्यता अझै भोग्नुपरेको सन्देश दिन सफल भएको छ ।

घरपरिवारको याद आउँदा विदेशी भूमि, विदेशी कम्पनीमा काम गर्नेबेला फोनमा कुरा गरेकोमा कसरी कम्पनीका मालिकले अपमान र मानसिक यातना दिन्छन्, घरमा श्रीमती विदेशिएको श्रीमान्को यादमा कसरी तडपिन्छिन् भन्ने कारुणिक कथावस्तु समेटिएको छ भने धानका बाला झुलेको हरियाली वन जंगल भएको गाउँको सफा सुन्दर परिवेशलाई ड्रोनबाट छायांकन गरिएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg