पुरानो मोटरसाइकल दिएर बीना डाउन पेमेन्ट कार पाइने !

3

काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटो कर्पले पुरानो मोटरसाइकल ल्याएर बीना डाउन पेमेन्ट मारुती सुजुकी अल्टो र एसप्रेसो खरिद गर्न सक्ने अफर सार्वजनिक गरेको छ ।

कम्पनीको अफर अनुसार तपाईले चढिरहेको मोटरसाइकल मूल्याङ्न गरेर कम्पनीले खरिद गर्ने छ । त्यसैलाई डाउन पेमेन्ट मानेर तपाईले बाँकी रकम ८ वर्षको मासिक किस्ता तिर्नेगरि खरिद गर्न सक्नु हुने छ ।

यस योजनामा कार खरिद गर्ने मानिसले डाउन पेमेन्ट वापत लाग्ने थप रकम बुझाउनु पर्ने छैन । मोटरसाइकलको मूल्याङ्कनमा थप २५ हजार कम्पनीले दिने अफर गरेको छ ।

मोटरसाइकल बिक्री वापतको रकम पनि तपाईले फिर्ता पाउनु हुने छ । कारको सम्पूर्ण रकम तपाईले ८ वर्ष भित्र तिरिसक्नु पर्ने हुन्छ ।

यसरी पुरानो मोटरसाइकल दिएर बिना डाउन पेमेन्ट खरिद गर्न सक्ने एस प्रेसो र अल्टोको स्टायडर्ड भेरियन्टको अहिले बजार मूल्य क्रमश २३ लाख ४९ हजार र १८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार कार खरिद गर्ने ग्राहकले अल्टोको लागि मासिक २८ हजार ९९४ रुपैयाँ र एस प्रेसोको लागि ३५ हजार २८६ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

कम्पनीले ९.२५ प्रतिशत व्याजदरमा नै अटो कर्जा उपलब्ध हुने जानकारी दिएको छ ।

अल्टो ८०० सीसीको कार हो भने एस प्रेसो दुबै ९९८ सीसी क्षमताको इन्जिन दिइएको कार हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg