न्यू लाइट सार्वजनिक शैक्षिक गुठीको प्राङ्गणमा पूर्व विद्यार्थी समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

34
तिलोत्तमा । लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला अन्तर्गत पर्ने तिलोत्तमा नगरपालिकामा सञ्चालित न्यू लाइट सार्वजनिक शैक्षिक गुठीमा गत असार ३१ गते स्थापना भएको न्यु लाइट स्कुल पूर्व विद्यार्थी समाजले आज रुपन्देहीको शंकरनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । न्यु लाईट स्कुलमा आयोजित सो कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।


कोरोना भाइरसको महामारी सामाजिक स्तरमा फैलिइरहेको अवस्थामा कुनैपनि रोग र दुर्घटनाका कारण हुने रगतको आबश्यकता पुरा गर्न समाजले स्थापना पश्चातको पहिलो सामाजिक कार्य स्वरुप उक्त कार्यक्रमको आयोजना गरेको हो ।


कार्यक्रममा बोल्दै यसै विद्यालयका २०५८ सालमा विद्यालय बाट SLC उत्तिर्ण गरेका र हाल EDI GLOBAL Education को सेवा नेपाल भरि संचालन गर्न खटिएका कमल ज्ञवालीले रक्तदानको महत्व र यस्मा सम्पूर्ण प्रायोजकको तर्फ़बाट बोल्दै आगामी दिनमा पनि यस संस्थालाई निरन्तर सहयोग रहने बताएका थिए ।


कार्यक्रममा नपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरुले सो समूहलाई विद्यालयको हितकालागि रचनात्मक कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता जनाएका थिए ।


समाजका संयोजक नितेश खरेलको अध्यक्षता , न्यु लाइट स्कुल व्यावस्थापन समितिका अध्यक्ष खड्क बहादुर गौतमको प्रमुख आतिथ्यता र विद्यालयका प्राचार्य रमेश ज्ञवालीको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम आकाश पन्तको स्वागत र सागर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg