राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दरबार हाइस्कुल उद्घाटन

14

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संयुक्त रुपमा मुलुककै जेठो विद्यालय दरबार हाइस्कुलको उद्घाटन गरिएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको सो विद्यालयको पुनिर्निर्माण सम्पन्न भएपछि बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

रानीपोखरी र बालगोपालेश्वर मन्दिरको औपचारिक उद्घाटनपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दरबार हाइस्कुलको पनि उद्घाटना गरेका हुन् ।

दुवै उद्घाटन कार्यक्रममा मन्त्री, सांसदलगायतको उपस्थिति रहेको थियो । ‍‍‍चीन सरकारको सहयोगमा दरबार हाइस्कुलको पुनर्निर्माण गरिएको हो ।

सो भवनमा भानु मावि र संस्कृत मावि सञ्चालनमा रहेका छन् । जंगबहादुर राणाले बेलायतबाट फर्केपछि औपचारिक शिक्षाको सुरुवात गर्न १९१० सालमा स्कुल सञ्चालन गरेका थिए।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg