धनमाल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

11

उदयपुर, २०७७ कात्तिक ८ गते

त्रियुगा नगरपालिका-१३ जोगीपोखरी बस्ने शंकर गुप्ताको घरबाट नगद ५ लाख रुपैयाँ र डेढ तोलाको सुनको सिक्री चोरी गरेको अभियोगमा २ जनालाई  शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका-१२ बस्ने २९ वर्षीय अनिल साह र सोही नगरपालिका-११ बस्ने २७ वर्षीय प्रमोद साह रहेका छन् ।

गुप्ताको घरमा ३ जना व्यक्तिले नगद र सिक्री चोरी फरार भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न १ जनाको खोजी कार्य गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg