साझा नागरिक सहायता कक्ष लुम्बिनीले विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गरायो

100

राजु विके, रुपन्देही, कार्तिक ८।

साझा पार्टी लुम्बिनी प्रदेशको साझा नागरिक सहायता कक्षले विपन्न परिवारलाई आज खाद्यान्न उपलब्ध गराएको छ । कोरोना महामारीको विषम परिस्थितिमा दिनभरीको मजदुरीबाट हुने आय आर्जनको बाटो बन्द भएपछि परिवारमा भोकमरी सृजना भइ अकाल मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ केही भए पनि राहत हुनेगरी साझा पार्टी लुम्बिनी प्रदेशको साझा नागरिक सहायता कक्षले अति विपन्न जनतालाई सहयोग गर्ने अभियान अन्तर्गत खाद्यान्न उपलब्ध गराएको हो ।

८ परिवारलाई सात दिन खान पुग्ने गरि राशन हस्तान्तरण कार्यक्रम नागरिक सहायता कक्ष बुटवलले गरेको छ ।

यो कार्यक्रम दोस्रो चरणको रहेको स्रोतले बताएको छ । यो भन्दा अघि पनि १३ परिवारलाई ७ दिन खान पुग्नेगरि नागरिक सहायता कक्षले खाद्यान्न वितरण गरेको थियो ।

नागरिक सहायत कक्ष बुटवलले खाद्यान्न उपलब्ध गराएका सबै ८ परिवारहरु अतिविपन्न हुन् । उनीहरुमध्ये कोही एकल छन्, कोही दुवै मृगौला फेल भएका छन् भने कोही अशक्त समेत छन् । केही महिला त धेरै बेर उभिन नसक्ने गरि कुपोषणको शिकार भएको समेत पाइएको थियो । राज्यले पुरा गर्नुपर्ने दायित्व साझा पार्टी लुम्बिनीले गरेकोमा खाद्यान्य सहयोग प्राप्त गर्ने ८ परिवारका प्रतिनिधि स्वरुप उपस्थित सबै महिला, दिदीबहिनीहरुले साझा पार्टी लुम्बिनीप्रति आभार व्यक्त गरेका थिए ।

साझा नागरिक सहायता कक्षले अति विपन्नलाई प्राथमिकतामा राखेको हुनाले त्यस्ता परिवारलाई साझा पार्टी लुम्बिनी प्रदेशको नागरिक सहायता कक्षसँग सम्पर्कमा आउन अनुरोध गरेको छ । अति विपन्न परिवारका सदस्यहरु सामाजिक सञ्जाल जस्तो सूचना प्रविधिको सुविधाबाट वञ्चित रहेको हुनसक्ने भन्दै लुम्बिनी प्रदेश सचिवालय प्रमुख केशव राज खनालले अति विपन्न परिवारको नाम सिफारिश गर्न नागरिक सहायता कक्षले सबैमा अपिल गरेको जनाउनु भएको छ । त्यसका लागि यो समाचार मार्फत खाद्यान्न वितरणको सूचना पाउनुहुने सबैमा तल खुलाइएको नम्बरमा नागरिक सहायता कक्षका जिम्मेवार सदस्यहरुसँग फोन सम्पर्क गरि जानकारी गराउन समेत साझा नागरिक सहायता कक्ष बुटवलले आग्रह गरेको छ ।

बुटवल ११ निवासी सामाजिक अभियन्ता सावित्रा विक र पार्टी सदस्य रोहित सिँह घेलेको विशेष सहयोगमा साझा पार्टी लुम्बिनीका प्रवक्ता हरि कृष्ण अधिकारी र सचिवालय प्रमुख केशव राज खनालले बुटवल–११ का ८ अति विपन्न परिवारलाई खाद्यान्न हस्तारण गर्नुभएको थियो ।

बुटवल–११ बुद्धनगरबाट बुटवलसम्म आइ खाद्यान्न लिएर पुनः आ–आफ्नो घर फर्किने व्यवस्था पनि साझा नागरिक सहायता कक्षले नै गरेको थियो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg