काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनल लेस्टर सिटीसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनल लेस्टरसँग १-० गोलले पराजित भएको हो ।
आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा लेस्टरको जितका लागि जेमिए भार्डीले निर्णायक गोल गरेका थिए । उनले दोस्रो हाफमा गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८०औं मिनेटमा आर्डीले खेलको एक मात्र निर्णायक गोल गरेका थिए । उनले केनिगज अन्डरको पासमा गोल गर्दै लेस्टर सिटीलाई १-० को साँघुरो जित निकालेका हुन् ।
यस जितसँगै ६ खेल खेलेको लेस्टरले चौथो जित निकालेको छ दुई गुमाएको लेस्टर १२ अंकसहित तालिकाको चौथो स्थानमा छ । यता पराजित आर्सनलको यो तेस्रो हार हो । ६ खेल खेलेको आर्सनलको तीन खेलमा जित र तीन खेलमा पराजितसहित ९ अंक जोडेको छ ।
Facebook Comments