दसैँ आयो (नाटक अडियो सहित )

138

बडा दशैंको विषयवस्तु अन्तर्गत अत्यन्तै महत्वपूर्ण र यथार्थ धार्मिक सँस्कृति सम्बन्धी संस्कार के हो ? दशैंमा बलि दिनुहुन्छ, हुन्न ? बलि भेनको के हो ? मलमासको वैज्ञाानिक पक्ष के हो ? आदि जस्ता गहन मुद्दा उठान गरी प्रस्तुत गरिएको नाटक हो ‘‘दशैं आयो’’ । यस नाटकका लेखक शिक्षा मन्त्रालयका उप–सचिव उत्तर कुमार पराजुली हुनुहुन्छ । विशेषगरी किशोर अवस्थाका विद्यार्थी बालबालिकाहरुले यो नाटक पढ्नै पर्ने आवश्यकता टट्कारो देखिन्छ । बालबालिकाहरुको बौद्धिक उन्नयनका लागि यो नाटक निकै सहयोगी छ ।-सम्पादक

नाटक प्रारम्भ

पात्रहरू— चिन्तामणि(हजुरबुबा), नारायण(छिमेकी काका), पल्लवी(नातिनी), सरस्वती(स्थानीय विद्यालयकी सामाजिक विषयकी शिक्षक)(ग्रामीण परिवेश, चिन्तामणि आफ्नो घर अगाडिको फूलबारीमा गोडमेल गर्दै, नातिनी पल्लवी दसैँ आयो भनेर रमाइरहेकी, नारायण काका र सरस्वती मिसको क्रमशः प्रवेश हुन्छ ।)

पल्लवी— दसैँ आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, हट् पापी म भिन्नै बसुँला ।(पल्लवी हतारिदै हजुरबुबासित कुरा गर्न आउँछे ।)
हजुरबुबा, हजुरबुबा ।

चिन्तामणि— हजुर, भन म सुन्दैछु ।

पल्लवी— एउटै हातमा सँगै बस्ने भएपछि पनि यो बूढीऔँलाले चोरऔँलालाई किन हट् पापी भनेर गाली गरेको होला ?

चिन्तामणि— नराम्रो काम गर्नेलाई कसले जाती मान्छ र ? कमाई ल्याउँला भनेको भए बूढीऔँला कति खुसी हुन्थ्योहोला । चोरी ल्याउँला भनेको हुनाले उसलाई झोँक चल्यो । अनि पापी भनेर गाली पनि ग¥यो, ई अलि टाढा पनि त छ ।

पल्लवी— त्यो त हो हजुरबुबा, छुच्चो मुख गरेर चोरी ल्याउँला भनेर नभनेको भए पनि हुन्थ्यो । तर बूढीऔँलाले साथ नदिइकन त चोरऔँलाले केही चोर्नै सक्तैन त ।

चिन्तामणि— हो त । मेरी नातिनीले यो त निकै खासा कुरा ग¥यौ ।

पल्लवी— के मेरा अरू कुरा विनाकाजका छन् र हजुरबुबा ?

(नारायण काकाको प्रवेश)
नारायण— हैन ए ठूलाबा, नातिनीसित केको बहस चलेको छ ?

चिन्तामणि— यो त राम्रो कुरा गरी नानीले के भनेको थिएँ, च्याप्पै कुरा समातिहाली “के मैले सधै विनाकामका कुरा गर्थे र ” भनेर ।

नारायण— नानीले ठीक कुरा गरी । आजभोलिका केटाकेटीका के कुरा गर्ने र, जन्मदै दुई पाते ।

चिन्तामणि— हो बाबै हो ।

चिन्तामणि— ए नानी, ए पल्लवी ।

पल्लवी— हजुर, हजुरबुबा ।

चिन्तामणि— मैले एउटा गाउँखाने कथा भन्छु । त्यसको जवाफ भन है ।

पल्लवी— (खुसी हुँदै) हस् हजुरबुबा ।

चिन्तामणि— एक पटक म १० दिनमा फर्किने गरी काठमाडौँतिर जाँदै थिएँ । हिँड्दाको दिन त्यहीँ पारीको बारीमा जौ छर्दै थिए ।

पल्लवी— हजुर ।

चिन्तामणि— अनि म दसौँ दिनका दिन फर्कँदा त जौ पाकेर पहेँलै भएका । अनि सबै मिलेर जौ काट्न लागेका । म त छक्कै परेँ । के होला ?

पल्लवी— अँ….अम्….छरेको ९/१० दिनका दिन पनि जौ पाकेर काट्ने कसरी हुन्छन् र हजुरबुबा ?

चिन्तामणि— नहुने खालको गाउँखाने कथा सोधेको भए मैले उल्टो बाजी बोकुँला ।

पल्लवी— खै हजुरबुबा, मैले त जानिनँ ।

हजुरबुबा— यसको सही उत्तर हो दसैँका जमरा ।

What you need to know about Nepal's Biggest Festival (Dashain) - Botanical Treks and Excursion

पल्लवी— अँ हो त नि । हेत्तेरिका । मेरो कस्तो बुद्धि होला ! घटस्थापनाका दिन छरेका जौ पर्सी दशमीका दिन काट्ने त हो नि । हैन हजुरबुबा ?

चिन्तामणि— हो त । चित्त बुझ्यो नि ?

पल्लवी— बुझ्यो हजुरबुबा बुझ्यो । मेरा हजुरबुबाले केके कुरा जान्नुभएको हो ?

चिन्तामणि— (हाँस्दै) अँ आज कपडा किन्न बजारतिर जाने हो । लौ छिटो खाईवरी तयार होऊ । फेरि साँझ फर्कन अबेर हुन्छ ।

पल्लवी— हजुरबुबा, मलाई अहिलेको दसैँमा नयाँ कपडा लगाउने मनै छैन ।

चिन्तामणि— हँ, म यो के सुन्दैछु । केटाकेटीलाई दसैँमा नयाँ कपडा लगाउने मन छैन भन्ने कुरा त पत्याउनै गाह्रो भयो ए ।

पल्लवी— हो हजुरबुबा । मेरी मिल्ने साथी मित्राका बुबाआमाले त्यै बजारको बाटो किनारमा मकै पोलेर बेच्ने गर्नुहुन्थ्यो ।

चिन्तामणि— यो बन्दाबन्दीका बेलामा त के बेचे होलान् र बरा !

पल्लवी— हो त नि हजुरबुबा, यति लामो समयसम्म कामगर्न नपाउनु, उसमाथि बुबाआमालाई नै कोरोना लागेर बल्लतल्ल तङ्ग्रिनुभएको छ ।

चिन्तामणि— जहाँको दुख्ने उहीँको घोच्ने भए छ बरा ।

पल्लवी— हो त नि हजुरबुबा, मित्राले अहिले नयाँ कपडा किन्न सक्तिनन् । उनले थोत्रा कपडा लगाउने मैले झिलिक्कका नयाँ कपडा लगाउन मनै लागेन हजुरबुबा ।

चिन्तामणि— स्यावास्, मेरी नातिनी । यस्तै सहयोगी मन भए आफू पनि धेरै खुसी अनि सुखी हुन सकिन्छ र अरूलाई पनि खुसी र सुखी पार्न सकिन्छ । जाऊ तिम्री साथी मित्रा र उनको भाइलाई पनि बजार जाने भनेर आऊ । तिमी र तिम्रा भाइलाई जस्तै मित्रा र मित्राका भाइलाई पनि कपडा किनिदिन्छु । अब त बजार जान्छ्यौ होला नि ?

पल्लवी— (खुसी हुँदै) जान्छु हजुरबुबा जान्छु । साथीलाई बजार जान ठिक्क पर्नू भनेर म आईहालेँ ।
(सन्दर्भ सकिएको धुन ।)

(बजारबाट फर्कँदै)

पल्लवी— आज कति रमाइलो भयो है हजुरबुबा ?

चिन्तामणि— दसैँ त निकै रमाइलो चाड हो । अहिले कोरोनाको महामारीले गर्दा उति रमाइलो हुन सकेन ।

Top Best 10 Photos Of Dashain Tika Nepal

पल्लवी— हैन क्या हजुरबुबा, मित्रालाई र उनका भाइ अनुपलाई पनि नयाँ कपडा किनेर दियौँ नि । यो रमाइलो भनेको क्या ।

चिन्तामणि— ए हो त । हेर, यो चउरमा दुई दुईवटा लिङ्गे पिङ हालिन्थ्यो । चचहै चचहै गरेर कति केटाकेटी रमाइरहेका हुन्थे । अहिले त यो कोरोनाको डरले पिङ पनि हालिएन । यस्तो सुनसान छ ।

पल्लवी— यो महामारी शान्त भयो भने आघौँ हालौँला नि ।

चिन्तामणि— हो त । बाँच्दै गरे नाच्दै गर्न पाइन्छ । अहिले त यही महामारीको डरले होला जूवा, तास, लङ्गुरबुर्जा पनि देखिएको छैन ।

पल्लवी— जुवाडेलाई बल्ल ठिक्क भयो, खुच्चिङ भयो ।

चिन्तामणि— दसैँ भनेर देश परदेशबाट घरघर मान्छे आउने, छरछिमेकमा भेटघाटका लागि लस्कर लाग्ने बेला हो दसैँ ।

पल्लवी— मान्छे भेट्दा, छोइँदा डर मान्नुपर्ने गरायो यो महामारीले । अहिले दसैँ उति रमाइलो नहुनेभयो है हजुरबुबा ?

चिन्तामणि— हो त ।

(कुरा गर्दागर्दै नातिनी बाजे घर पुग्छन् । गाईभैँसी कराएको आवाज ।)
पल्लवी— ए हजुरबुबा, तिहारमा फुल्ने मखमली त दसैँमा नै फुल्न लागेछ ए !

चिन्तामणि— हो नानी, अहिले असोजमा मलमास परेकाले दसैँ कार्तिकमा प¥यो । कार्तिकमा फुल्ने मखमली आफ्नो समयमा फुल्ने नै भयो नि ।

पल्लवी— अँ साँच्चै हजुरबुबा मलमास परेको महिनामा चाडपर्व हुँदैनन् र ?

चिन्तामणि— हो हुँदैनन् । ठिक भन्यौ ।

नारायण— नानीले सोधेको कुरा त ठूलाबालाई मैले पनि सोधूँ सोधूँ लागेको थियो ।

पल्लवी— नारायण अङ्कल हजुर स्कूल पढ्दा पछाडितिरका बेन्चमा बस्नुहुन्थ्यो हो ?

नारायण— हो नानी, कसरी देखे जस्तै ग¥यौ हँ ?

पल्लवी— यति कुरा भन्नलाई पनि के देख्नै पर्छ र अङ्कल ! हजुरका कुरैबाट थाहा पाइहालेँ त ।

नारायण— कसरी नि ?

People's Representative Resigns To Become A Teacher | Ratopati | No.1 Nepali News Portal

पल्लवी— कक्षामा पछाडिका बेन्चतिर बस्न रुचाउनेले आफूले नजानेको कुरा अरू कसैले सोधिदेओस् भनेर बस्छन् क्या ।

नारायण— ओहो, “बरु बाघका फेला पर्नू कुराका फेला नपर्नू” भन्थे साँच्चै रहेछ । आज म नानीका कुराका फेला परेँ । (हाँसो)

पल्लवी— अँ मलमासका कुरा हराउलान् नि हजुरबुबा ।

चिन्तामणि— अब नारायण अङ्कललाई चेतबाबा काशी गराइहाल्यौ । अब मै त बोल्नुप¥यो ।

पल्लवी— हो हजुरबुबा ।

चिन्तामणि— लिपइयर कहिले कहिले पर्छ थाहा छ ?

पल्लवी— जुन ईस्वी संवत्लाई ४ ले ठीक भाग जान्छ त्यही वर्ष लिपइयर पर्छ ।

चिन्तामणि— लिपइयर र अरू इयरमा के फरक हुन्छ ?

पल्लवी— लिपइयरका वर्ष फेब्रुअरी २९ दिनको हुन्छ । अरू इयरमा २८ दिनको हुन्छ ।

चिन्तामणि— हो ठिक भन्यौ । अब भन लिपइयरका वर्षको फेब्रुअरी २९ तारिखका दिन जन्मेको व्यक्तिको अरू इयरमा बर्थ डे कुन दिन मनाइन्छ ?

पल्लवी— अँ, अँम्…..अँ साँच्चै अप्ठ्यारो प्रश्न पो सोध्नुभयो हजुरबुबाले त ।

चिन्तामणि— हो अब कान ठाडा पारेर सुन ।

पल्लवी— हस् हजुरबुबा ।

चिन्तामणि— चन्द्रमास र सौर्यमासका बारेमा थाहा छ कि छैन ?

पल्लवी— छ किन नहुनु ? चन्द्रमासका गतेलाई तिथि भनिन्छ र सौर्यमासका गतेलाई गते नै भनिन्छ । चन्द्रवर्षका ३५४ दिन हुन्छन् भने सौर्य वर्षका ३६५ दिन हुन्छन् । सौर्य वर्ष चन्द्रवर्षभन्दा ११ दिनले लामो हुन्छ ।

चिन्तामणि— ए ए लौ भयो । अँ, हाम्रा धेरैजसो चाडपर्व चन्द्रमासअनुसार हुन्छन् ।

पल्लवी— हजुरबुबा, केही पर्व त गतेअनुसार पनि हुन्छन् नि ।

चिन्तामणि— जस्तै के के ?

पल्लवी— असार १५ गते दही च्यूरा खाने, साउन १५ मा खीर खाने, माघ १ गते खिचडी खाने ।

चिन्तामणि— हो ठीक भन्यौ । त्यसैले त धेरैजसो भनेको नि ।

पल्लवी— ए ए ।

चिन्तामणि— सौर्यवर्ष भन्दा चन्द्रवर्ष ११ दिनले कमी हुने हुनाले चन्द्रमासअनुसार पर्ने पर्व अगाडिअगाडि सर्दै आउँछन् ।

पल्लवी— (एकैछिन घोरिएर) अँ अँ… उसो भए अहिले कार्तिकका सुरुमा परेको दसैँ १२ वर्षपछि जेठको अन्त्यतिर पर्छ हजुरबुबा ?

चिन्तामणि— त्यो कसरी भन्यौ र ?

पल्लवी— वर्षको ११ दिनका दरले १२ वर्षमा १३२ दिन अगाडि सर्ने भयो । त्यो भनेको झन्डै साढे चार महिना हो । अनि जेठको अन्त्यतिर पर्ने भएन र ?

चिन्तामणि— तिमीले एकदम ठीक भन्यौ । त्यही भएर प्रत्येक ३२ महिनामा चन्द्रवर्ष अघिसरेका दिन ३० दिन हुनपुग्छन् । त्यही ३० दिनलाई थप महिना बनाएर राखिन्छ र त्यो थप महिनालाई मलमास भनिन्छ ।

मलमास छल्न पुरुषनै ससुरालीतर्फ ! «

पल्लवी— ए त्यही भए पो पात्रामा अधिक मास लेखेको हुन्छ । अधिक भनेको त बढी हो नि ।

चिन्तामणि— तिमीले ठीक भन्यौ । लिपइयर फेब्रुअरी २९ प्रत्येक वर्ष नआए जस्तो अधिकमास पनि प्रत्येक वर्ष आउँदैन ।

पल्लवी— ए ए । चाडपर्व प्रत्येक वर्ष नियमित रूपमा आउने तर अधिकमास प्रत्येक वर्ष नपर्ने भएकाले त्यसो भएको हो हजुरबुबा ।

चिन्तामणि— हो त । तर सौर्यमासअनुसार पर्ने पर्व भने मलमासको महिनाभित्र पनि पर्न सक्छन् । जस्तै साउन महिनामा मलमास पर्याे भने पनि साउन १५ गते खीर खाने पर्व यताउता हुँदैन ।

पल्लवी— बल्ल बुझेँ हजुरबुबा ।

नारायण— म पनि पछाडिका बेन्चमा बसेर मलमासको कुरा छ्याक्कै बुझेँ ।
(हाँसो)

नारायण— अँ पल्लवी नानीको कुरो दसैँतिरको पो थियो कि क्या हो । आग्राको कुरा गाग्रामा भए जस्तो मलमासमा आएर पो टुङ्गियो ।

पल्लवी— कसरी टुङ्गिन्छ र अङ्कल ? हजुरबुबा हजुरआमासित गर्ने कुरा पनि के स्कूलमा ४५ मिनेटका पिरेडमा जति सिकायो सिकायो भने जस्तो हो र ?

(सरस्वती मिसको प्रवेश)
सरस्वती— नमस्कार बुबा, नमस्कार नारायण दाइ । सञ्चै आरामै हुनुहुन्छ नि ।

चिन्तामणि/नारायण— नमस्कार सरस्वती नानी । हो नानी आरामै छौँ ।

पल्लवी— नमस्कार मिस ।

सरस्वती— नमस्कार पल्लवी । कोभिड— १९ का कारणले यतिका दिनसम्म विद्यालय बन्द भए । केके गरेर दिन बितायौ त ?

अत्यधिक चिसोपछि ४५ दिनका लागि विद्यालय बन्द

पल्लवी— हामी गाउँमा बस्नेलाई त दिन बिताउन के समस्या हुन्छ र मिस । खेतीपातीमा बुबाआमालाई सघायो, खाली समयमा हजुरबुबा हजुरआमासित केके केके कुरा ग¥यो, अनलाइन कक्षामा बस्यो दिन गएको त पत्तै हुँदैन मिस ।

सरस्वती— पल्लवीले एकदम ठीक कुरा ग¥यौ । अहिलेको बन्दाबन्दीमा गाउँका भन्दा शहरका बालबालिका ज्यादा मानसिक तनावमा रहेको भन्ने कुरा विभिन्न सञ्चार माध्यमबाट सुन्नमा आएको छ ।

पल्लवी— ए त्यस्तो रहेछ मिस ।

सरस्वती— हो त । आज के गर्ने योजना छ त ।

पल्लवी— आज अष्टमीको दिन । दसैँसम्बन्धी थुप्रै कुरा गर्न भनेर हजुरबुबासित आएकी तर हजुरबुबाले मलाई खासै ध्यानै दिनुभएको छैन ।

चिन्तामणि— हैन, कस्तो हो र ध्यान दिएको भन्ने ? सोधेका कुराको जानेसम्म जवाक दिएकै छु । हो कि होइन ए नारान ?

नारायण— हो ठूलाबा हो ।

चिन्तामणि— के म नातिनी आई भनेर कमाण्डरका अगाडि प्रहरी जवान उभिए जसरी सतर्क भएर उभिऊँ र ?
(हाँसो)

पल्लवी— कुराकानी गर्न लागेको यतिका बेर भयो । नारायण अङ्कल त आफ्नै भतिजा हुनुभयो रे । कहिलेकाहीँ आउने मिस आउँदा पनि फूलबारीको गोडमेल गर्न छोड्नुभएकै छैन हजुरले । यो त अलि बेवास्ता गरे जस्तो भएन र हजुरबुबा ?

चिन्तामणि— सरस्वती नानी तिम्री मिस भए पनि हाम्री त भतिजी नै हुन् । मेरा बालसँगाती चुरामणिकी छोरी । पहिले यिनीहरूको घर यहीँ माथि थाम्पाटामा थियो ।

पल्लवी— यही हाम्रो थाम्पाटामा ?

चिन्तामणि— हो त । चुरामणिलाई सन्तान भएनन् भएनन् भनेका बेलामा जन्मेकीले यिनको त धुमधामसित छैँठी गरेको हो ।

पल्लवी— छैँठी त सबैको गर्छन् नि होइन र बुबा ?

चिन्तामणि— कहाँ गर्नु ? पहिलो छोराको मात्रै गर्थे । “छोरीको पनि छैँठी गर्ने क्या क्या न” भनेर ओल्लोपल्लो गाउँले कति खिसी गरेका थिए चुरामणिलाई ।

सरस्वती—(हाँस्दै) कुरो के रहेछ बुझ्यौ नि पल्लवी ?

पल्लवी— बुझेँ मिस बुझेँ ।

सरस्वती— चिन्तामणि बुबा जस्ता लगनशील व्यक्तिले “गाथ बसोस् हात नबसोस्” भन्ने सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्नुहुन्छ क्या पल्लवी ।

पल्लवी— यो गाथ बसोस् हात नबसोस् भनेको त अलि बुझिनँ नि मिस ।

सरस्वती— गाथ भनेको शरीर हो अर्थात् जिउ भनेको हो । शरीरले आराम गरे पनि हातले आराम नगरोस् भनेको हो नानी ।

पल्लवी— (हाँस्दै) यो हातलाई पनि कति दुःख रहेछ कति । अहिले कोरोना सार्ने मुख्य माध्यम यही हात हो भनेर छिनछिनमा साबुन पानीको रगडाइ खाइरहेको छ बरा ।
(हाँसो)

नारायण— कति मिलाएर कुरा गर्न आएको हो यो पल्लवीलाई ? म त छक्कै पर्छु नि सरस्वती नानी ।

सरस्वती— हो नारायण दाइ, कक्षामा पढाउँदा पनि पल्लवी बोली कि सबैलाई हाँसूँ हाँसूँ बनाउने उनको क्षमता छ । हजुरबुबा हजुरआमासित हुर्केका केटाकेटी यस्तै व्यवहार बुझेर कुरा गर्ने भएको भेटेकी छु मैले ।

पल्लवी— हजुरबुबा हजुरआमासित बस्न पाउन त ठूलो भाग्य चाहिन्छ नि मिस ।

सरस्वती— हो पल्लवी । अनि नि नारायण दाइ, शिक्षाविद्हरूको विश्व सम्मेलनले पनि यस्तै संयुक्त परिवारमा रहनु राम्रो भनेको छ । त्यसैले सिकाइका चार खम्बामा “लर्निङ टु लिभ टुगेदर” भनेर भनेको छ ।

नारायण— पक्कै हो । बडाबडा विद्वान्ले पत्याएको ठहराएको कुरा ।

पल्लवी— आज दसैँको नौ दुर्गाका बारेमा कुरा गर्ने र मन्दिरमा मारकाटका बारेमा कुरा गर्ने भनेको त कुरा कता कता बरालिए कता कता !

चिन्तामणि— कुरा जता गए पनि हामी यहीँ छौँ । अझ राम्रो त आज सामाजिक विषय पढाउने मिस नानी पनि आएको मौका छ । सुनौँ न तिमी गुरुमा चेलीका कुराकानी हामी पनि । कसो हो नारान बाबु ।

नारायण— साह्रै ठीक कुरा गर्नुभयो ठूलाबा । अब फुटबलचाहिँ सरस्वती नानीका गोडातिर लुटुपुटु गरेको छ । कसो ठूलाबा ?

चिन्तमणि— साह्रै पेटको कुरा गर्याै नारान बाबु तिमीले ।

सरस्वती— लौ फुटबल त मेरै गोडातिर आएछ रे । मैले मानेँ । तर नौ दुर्गाको सूत्र त चिन्तमणि बुबासितै छ नि ।

चिन्तामणि— ए त्यै दुर्गाकवचको श्लोक भन्न खोजेकी हौ सरस्वती नानीले ?

सरस्वती— हो त नि बुबा ।

पल्लवी— हैन के पार्सी कुरा हुन् मिस र हजुरबुबाका ? मिसले सूत्र भन्नुहुन्छ, हजुरबुबाले श्लोकका कुरा गर्नुहुन्छ ।

चिन्तमणि— लौ सुनौँ नानी नौ दुर्गाको सूत्र ।

सरस्वती— हस् बुबा ।

चिन्तामणि— प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकं ।
पञ्चमस्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्री च महागौरीति चाष्टमं ।
नवमं सिद्धिधात्री च नवदुर्गा प्रकृतिा ।।

सरस्वती— लौ धन्यवाद बुबा । क्रमैसित यी नाम त जानेकी छु । तर यी श्लोक अझै धेरैको माझमा भन्ने गरी मुख चढिसकेका छैनन् ।

पल्लवी— कुरो जानेपछि त भै हाल्यो नि मिस । यस्ता श्लोक नै किन जान्नुपर्छ र ?

सरस्वती— नानी तिमीले भनेको कुरा ठिकै हो । तर श्लोकले बोलीलाई थप प्रमाणिक बनाउँछ र सुनमा सुगन्ध भने जस्तो हुन्छ । अँ अब ध्यान दिएर सुन ।

पल्लवी— हस् मिस ।

सरस्वती— यो श्लोकमा भनेको नि, दसैँको पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना हुन्छ । दोस्रो दिन ब्रह्मचारिणीको, तेस्रो दिन चन्द्रघण्टाको, चौथो दिन कुष्माण्डाको र पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिन्छ ।

पल्लवी— हजुर मिस ।

सरस्वती— अनि छैठौँ दिनमा कात्यायनीको, सातौँ दिनमा कालरात्रीको, आठौँ दिनमा महागौरीको र नवौँ दिनका दिन सिद्धिधात्रीको पूजा गरिन्छ । यी नौ दिनसम्म नवदुर्गाको पूजाआराधना गरेपछि दसौँ दिनका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउने आशीर्वाद लिनेदिने गरिन्छ ।

Navratri 2020: Origin of the Festival, Important Dates, and Rituals

पल्लवी— हजुर मिस । यो पूजा गर्ने, टीका लगाउने, आशीर्वाद लिने दिने कुरा मलाई असाद्धै राम्रो लाग्छ । तर ती विचरा सुधा पशुहरूलाई डो¥याई डो¥याई मन्दिरमा लगेर काट्नु त राम्रो भएन नि ।

सरस्वती— हो नानी, वास्तवमा बलिको अर्थ त्याग र उपहार पनि हुन्छ । कुनै काममा कोही कसैको ज्यादै लगाव छ भने यस काममा उसको निकै ठूलो योगदान छ बलिदान छ भनिन्छ ।

पल्लवी— ए, बलिको अर्थ त मार्ने, मर्ने भन्ने मात्रै बुझ्थेँ मैले त ।

सरस्वती— हो, हामी सबैको बुझाइ लगभग उस्तै उस्तै छ । तर बलि शब्दको प्रयोग श्राद्धमा पनि आउँछ ।

पल्लवी— श्राद्धमा बलिका कुरा ?

सरस्वती— हो त । श्राद्धमा पञ्चबलिको सन्दर्भमा देवबलि, गोबलि, काकबलि, श्वानबलि, पिपिलिकाबलि भनेको पाइन्छ । यसको अर्थ देवतालाई केही कुरा उपहार देऊ, गाईलाई मीठो खानेकुरा देऊ, कौवालाई, कुकुरलाई र कमिलालाई मीठो खानेकुरा देऊ भनेको हो ।

पल्लवी— ओहो, सानामा कमिलादेखि ठूलोमा देवतासम्मलाई सेवा गर भनेको पो रहेछ मिस ।

सरस्वती— हो त ।

पल्लवी— अनि नि मिस, शिवालयमा काटमार नगरेर पनि पूजा हुने, राधाकृष्णको मन्दिरमा, बुद्धको मन्दिरमा काटमार नगरेरै पूजा हुने । तर यी देवीका मन्दिरमा मात्रै किन काटमार गर्ने गरेको होला ?

चिन्तामणि— सरस्वती नानीले बलिको पदार्थ गरेको साह्रै चित्त बुझ्यो । उता वेदमा “पशून् पाहि” भनेर पशुको रक्षा गर भनेको छ । यता मार्कण्डेय पुराणको आधारमा लेखिएको चण्डीमा “या देवी सर्वभूतेषु मातृ रूपेण संस्थिता” भनेर सबै जीवमा देवी आमाको रूपले स्थापित छिन् भनेको छ । अनि आमाका मन्दिरमा छोराछोरीको काटमार कति नमिल्ने कुरा !

सरस्वती— पल्लवीले एकदम राम्रो कुरा उठायौ । र बुबाले त शास्त्रकै प्रमाण दिएर कुरा निकाल्नुभयो । तर हाम्रो शास्त्रले दुर्गालाई लडाइँको देवता मान्छ । सत्ता शक्ति, सत्ता उत्साह शक्ति… जस्ता शक्ति प्राप्तिका लागि हिंसा प्रयोग हुन्छ । त्यसैले दुर्गा पूजामा काटमारको संस्कार प्रचलनमा आएको हो ।

चिन्तामणि— हो । तर यसरी सार्वजनिक ठाउँमा काटमार नगर भन्यो भने “आफूले मासु खाँदैन, त्यही भएर हामीलाई अर्ती उपदेश दिन्छ” भन्छन् ।

सरस्वती— हो बुबा, तर हाम्रो पुरानो देवाली परम्परा हेरौँ न । काटमार हुने वर्ष गौरो(देवाली थलो) बारेर काटमार गोप्य राख्ने गरिन्छ । खै हामीले यस्ता कुराबाट सिकेको ?

नारायण— ओहो, सामाजिक पढाउने शिक्षकले त धेरै कुरा जानेका पो हुँदारहेछन् । हाम्रा पालामा त कुनै पनि विषय नमिलेको व्यक्तिले सामाजिक पढाउने चलन थियो । सामाजिक त जसले पनि पढाउन सक्छ भन्ने थियो ।

पल्लवी— अब त जमाना फेरिए नि अङ्कल । अनि नि मिस, यो देवीको मन्दिरको मात्रै होइन, हाम्रै बजारको कुरा गरौँ न ।

सरस्वती— अँ भन न भन ।

पल्लवी— हाम्रो बजारको त्यो मासु गल्लीमा मलाई जानै मन लाग्दैन । त्यहाँ खसी बोका काटेर मन्टो टेबुलमा राखिएको हुन्छ, धडलाई उल्टो गरी झुण्डाएर राखिएको हुन्छ ।

सरस्वती— आहो, हो त । बालबालिकाका लागि कति कहालीलाग्दो स्थिति ।

पल्लवी— अलि अँस्तिनै, मैले सानो भाइलाई लिएर त्यै मासु गल्लीबाट जाँदैथिएँ । भाइले “दिदी, दिदी मुनेको टाउको मात्तै छ” भन्यो । मैले उसको अनुहार नियालेँ । ऊ निकै डराएको र निरास थियो । मेरा आँसु आए । त्यहाँपछि म त्यो गल्लीबाट हिँड्नै छाडेँ ।

सरस्वती— वास्तवमा कुरो निकै गम्भीर छ । यो मांसाहारको विरोध होइन । मासुलाई सागको हिसाबले बेचबिखन गरौँ । तर बालबालिकालाई हिंसाको दृश्य देखाएर त्रासको भारी बोकाउने संस्कारलाई सुधारौँ । विश्वका कैयौँ मुलुकमा खुलेआम पशुहत्या अपराध मानिन्छ ।

नारायण— हो मिसको कुरा साह्रै राम्रो छ । अहिलेको दसैँबाटै यो काम सुरु गर्नुपर्ने भयो । बीच आँगनमा खसी ढालेर रमाउने कुरालाई अलि गोप्य र सुरक्षित गर्नुपर्ने भयो ।

सरस्वती— हो नारायण दाइ । हिंसाविना मासु त असंभव जस्तै हुन्छ । तर उग्र हिंसा नगरेर साग हिंसाबाट मासु खाने संस्कार सिक्नु आवश्यक छ । अर्थात् ग्राहकले तैयारी मासु मात्र देखोस् । जनावरको अङ्गप्रत्यङ्ग चिन्ने गरी नदेखोस् ।

चिन्तामणि— आमाबुबाले गरेको कामको छाया गर्भस्थ शिशुमा पर्छ भनेर श्रीमती गर्भवती भएको अवस्थामा श्रीमानले काटमार नगर्ने, मुर्दा नछुने भन्ने चलनले कति राम्रो शिक्षा दिन्छ ।

सरस्वती— हो बुबा, हाम्रा राम्रा चलनलाई हामीले नै तोडमोड गरेर बिगार्छौँ । अनि त्यही बिग्रेको चलनलाई बोकेर राम्रा चाडवाडलाई दोष दिन्छौँ ।

चिन्तामणि— हो नानी, आफ्नो औकात नभई नभई अरूलाई देखाउन रिन खोजेर फजुल खर्च गर्छौँ । अनि “आयो दसैँ ढोल बजाई, गयो दसैँ रिन बोकाई” भन्ने गीत गाउँछौँ ।
सरस्वती— हो त बुबा । दसैँका बारेमा निकै राम्रो छलफल भयो । पल्लवी पनि हँसिली देखिएकी छिन् । चित्त बुझे जस्तो छ ।

पल्लवी— हो मिस । निकै खुसी लाग्यो ।

सरस्वती— लौ त बुबा, नारायण दाइ, पल्लवी, अहिले म लाग्छु । कोरोनाबाट जोगिएर दसैँ मनाउनुहोला । आफू सुध्रनुपर्छ । बेकारमा परम्परालाई दोष दिनुहुदैन भन्ने सन्देश यहाँहरूले पनि बाँड्नु होला । २०७७ सालको विजया दशमीको मङ्गलमय शुभकामना भन्दै बिदा भएँ, है त ।

पल्लवी— हाम्रो पनि मिसलाई विजया दशमीको शुभकामना ।

अडियो—

लेखक उत्तरकुमार पराजुली शिक्षा मन्त्रालयका उप–सचिव हुनुहुन्छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg