यो धर्ती, त्यो आकाश, क्षीतिजसम्मै थाहा पाइसके सबैले

15

यो धर्ती, त्यो आकाश, क्षीतिजसम्मै थाहा पाइसके सबैले

दिलमा छ माया नै माया तिम्रैलागि भनिरहनु पर्दैन मैले
यो धर्ती, त्यो आकाश, क्षीतिजसम्मै थाहा पाइसके सबैले………….

भेट नहुँदा तिमीसँग कुरा नहुँदा हुन्छु म किन लाशसरी
तिमीसँगको त्यो वियोगमा बस्न मन लाग्छ वनवास गरी
जुनी जुनीलाई सँगै बस्नु छ बिछोडको कुरा नगर अहिले
यो धर्ती, त्यो आकाश, क्षीतिजसम्मै थाहा पाइसके सबैले…………….

साह्रै मन पर्छ मलाई तिम्रो नजरको हेराइ र मिठो बोली
तिम्रै धुनमा बाँचीरहेको छु पागल जस्तै म त आजभोलि
यो धर्तीदेखि विदा लिन परे मैलै लिन्छु तिमीभन्दा पहिले
यो धर्ती, त्यो आकाश, क्षीतिजसम्मै थाहा पाइसके सबैले……………

मेरो मुटुमा ढुकढुकी बनी बस्छेउ केवल तिमी नै पियारी
सुख दुःख बाँडेरै आउ गरौं सँगै जिउने रमाउने तयारी
हर साँसमा सम्झिन्छु तिमीलाई बिर्सनै सक्दिन कहिले
यो धर्ती, त्यो आकाश, क्षीतिजसम्मै थाहा पाइसके सबैले…………….

अथाह पिरती छ मनमा जोगाइ राखेको दिनै छ तिमीलाई
मेरो पिरतीमा आफ्नो पिरती मिसाउ है मसँग नरिसाइ
माफ गर मलाई माफी माग्छु भुलेर गलती गर्छु जहिले
यो धर्ती, त्यो आकाश, क्षीतिजसम्मै थाहा पाइसके सबैले………………

याद गर्छु हरपल तिमीलाई मेरो अंगअंगमा मचिन्छ तरंग
तिमी हौ जीवनको मकसद तिमी नै त हौ मेरो उमंग
हाम्रो आत्मा सम्बन्ध गांसिएको प्रिय आज होइन उहिले
यो धर्ती, त्यो आकाश, क्षीतिजसम्मै थाहा पाइसके सबैले
शब्द : प्रे राय ‘विख’

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg