विरोधपछि अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम फेरियो

5

मुम्बई – बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम परिवर्तन गरिएको छ ।

डिजिटल रिलिजको तयारीमा रहेको यो फिल्मको नामलाई लिएर विरोध शुरु भएपछि नाम नै परिवर्तन गरिएको हो ।

नोभेम्बर ९ बाट डिज्ने हटस्टार प्लसमार्फत रिलिज हुन लागेको यो फिल्मको नामको विषयमा करणी सेनाले विरोध जनाएपछि नाम फेर्ने निर्णय गरिएको हो ।

केही समयअघि फिल्मकर्मी मुकेश खन्नासहित केही कलाकारले फिल्मको नामले धार्मिक भावनामा चोट पुर्‍याउने बताएका थिए ।

बिहीवार फिल्मको नाम परिवर्तन गर्दै सेन्सर पास गरिएको छ । फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन् ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg