भारतीयलाई नागरिकता दिलाउन नक्कली बुबा खडा, वडाध्यक्ष पक्राउ

5

काठमाडौँ । प्रहरीले भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस बनाइदिने कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरेको छ ।

अध्यक्ष जोशीमाथि भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

२० फागुन ०७५ मा धनगढी उपमहानगरपालिका–१२ का हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर सिफारिस बनाइदिएको भेटिएपछि जोशीलाई पक्राउ गरिएको बिष्टले बताए ।

नक्कली बुबा बनेका चौधरी फरार छन् । उनको खोजीकार्य भइरहेको बिष्टले बताए । पक्राउ परेका वडाअध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg