शराब बाहेक केही पनि छैन नजरमा

20

शराब बाहेक केही पनि छैन नजरमा

कार्तिक १५, २०७७

शराब बाहेक केही पनि छैन नजरमा
जिउनुको आउँछ पुरा मजा यसको असरमा
शराब बाहेक केही पनि छैन नजरमा …………..

भन्छन् सबै मान्छेहरु बिखै त हो नि शराब
पिउनेहरुलाई किन हुन्थ्यो नि यो रक्सि खराब
नपिउनेलाई के थाहा औषधि हुन्छ जहरमा
जिउनुको आउँछ पुरा मजा यसको असरमा………….

दिन्न साथ कसैले यहाँ जीवनसाथी पनि त्यस्तै
कसको आशा गर्नु सबै हुँदा रैछन् उस्तै–उस्तै
शराब त सच्चा साथी जिउँछु यसैको भरमा
जिउनुको आउँछ पुरा मजा यसको असरमा …………

यो शराब पिउँदा त लाग्छ दुखै साथमा के छ
बिर्सिदोरहेछ सबैथोक याद राम्रो नराम्रो जे छ
छैन अरु त राज केही मेरो पिउने रहरमा
जिउनुको आउँछ पुरा मजा यसको असरमा …………
शब्दः राजु विके

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg