पीडा नदिनु कहिले मलाई

6

पीडा नदिनु कहिले मलाई

 

न देखाएर, न सुनाएर न त मनमा चोट पुर्याएर
पीडा नदिनु कहिले मलाई नछोड्नु एक्लै रुवाएर
नियतिले नै पठायो लौ हेर मनको साइनो जुराएर

यो मेरो प्राण छुटे नि छुटोस्,
संसारी सम्बन्ध टुटे टुटोस्
म सक्दिन बाँच्न खुशी भइ सानु तिमीलाई गुमाएर
पीडा नदिनु कहिले मलाई नछोड्नु एक्लै रुवाएर

मेरो चोखो मायाले जितोस्
तिमीसँगै हरपल बितोस्
म सक्दिन बस्न तिम्रो बिछोडमा मनलाई बुझाएर
पीडा नदिनु कहिले मलाई नछोड्नु एक्लै रुवाएर

जल्ले जे दिन्छ त्यही पाउँछ
माया देउ मनले माया लाउँछ
म सक्दिन बह छिपाउन नबस है कुरालाई लुकाएर
पीडा नदिनु कहिले मलाई नछोड्नु एक्लै रुवाएर

मेरो दिल दुखे तिम्रो नि दुख्छ
भेट्न पर्दैन मिठो बोले पुग्छ
राख्नु आफ्नो ख्याल नहिड्नु ठेस आफैलाई  पुराएर
पीडा नदिनु कहिले मलाई नछोड्नु एक्लै रुवाएर

माग चोखो प्रेम लाज नमानि
मन परेको मान्छे हो र कहानी ?
सांचो प्रेम गर्नेले मन पराउँछ बस्न सिर झुकाएर
पीडा नदिनु कहिले मलाई नछोड्नु एक्लै रुवाएर

तिमी नै हो मेरो जीवनसाथी
विश्वास गर्छु मैले तिमीमाथि
माफ गरे मलाई गल्ती गरेंहोला तिम्रो मन दुखाएर
पीडा नदिनु कहिले मलाई नछोड्नु एक्लै रुवाएर

—राजु विके 

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg