अवैध लागूऔषध सहित पक्राउ

11

झापा, २०७७ कात्तिक २४ गते

मेचीनगर नगरपालिका-६ काली मन्दिर नजिकबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन वस्तु सहित सोही  नगरपालिका-१४ बस्ने ३० वर्षीय कुमार बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg