कोरोना भाइरसविरुद्धको खोप ९० % सम्म प्रभावकारी देखिएको दाबी

12

कोरोना भाइरस अर्थात् कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् । एक प्रारम्भिक विश्लेषणका अनुसार फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो।

यो उत्पादक कम्पनीले बनाएको खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको थियो र कुनै पनि प्रकारका गम्भीर साइड इफेक्ट देखिएको छैन । कम्पनीले यो महिनाको अन्तिमसम्म आकस्मिक स्वीकृतिका लागि निवेदन दिने भएको छ ।

फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा अल्बर्ट बोला (Dr Dr Albert Bourla, the Pfizer chairman and chief executive.)ले विज्ञान र मानवताका निम्ति यो महत्त्वपूर्ण दिन भएको बताए । उनले भने,‘ कोभिड १९ को फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिड विरुद्ध संक्रमण रोेक्न सक्छ भन्ने प्रारम्भिक प्रमाण देखाएको छ । ’

हालसम्म दर्जनौं कोेभिड विरुद्धका खोपहरु परीक्षणको अन्तिम चरणमा छन् तर यसले भने राम्रो सम्भावना र नतिजा देखाएको छ । यो खोपमा प्रयोगात्मक विधि प्रयोग गरिएको छ जसमा मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई तयार पार्न भाइरसको जेनेटिक कोडलाई इन्जेक्सनमार्फत् प्रवेश गराइन्छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg