सानै उमेरमा सफल म्यानेजर बनेर होटल आम्रपाली हाँक्दै छन् विनोद भुसाल

1364

पहिलोसन्देश डेस्क, कार्तिक २५, रुपन्देही ।

२०५० साल ६ महिना १० गते पिता पूर्ण प्रसाद भुसालको ओज तथा माता सुमित्रा भुसालको कोखबाट अर्घाखाँची जिल्ला साबिकको गाविस गोखुङ्गा–४ हाल मालारानी गाउँपालिका वडा न.८ मा जन्मिएका विनोद भुसाल यस क्षेत्रकै कम उमेरका सफल होटल म्यानेजर बन्न सफल भएका छन् । उनी अहिले म्यानेजर पदमा रहि बुटवल–८ महेन्द्र राजमार्ग, बुटवल मण्डप खण्डमा स्थित आम्रपाली कटेज एण्ड रेस्टुरेन्टलाई कुशल व्यवस्थापनका साथ हांक्दैछन् । होटल आम्रपाली बुटवल राजमार्ग चौराहादेखि करिब ३०० मिटर पूर्वतिर महेन्द्र राजमार्गको छेउ (उत्तरतिर) मै अवस्थित छ ।

सामान्य परिवारमा जन्मेका भुसालले प्राथमिक र माध्यमिक शिक्षा गाउँकै सूर्य मावि र उच्च माध्यमिक शिक्षा म्यानेजमेन्ट विषयमा क्यानन् उच्च मावि बुटवलबाट उत्तीर्ण गरे । लुम्बिनी हुँदैे रेडिसन ब्लु होटल, दोहा, कतार (Radisson Blu Hotel, Doha, Qatar) मा सामान्य वेटरको रुपमा प्रवेश गरेका उनी त्यही होटलमा लगनशील प्रयासकै भरमा छोटो समयमै एक सफल टिम लिडर भइ सन् २०१३ देखि २०१७ सम्मको पाँच वर्षे कार्यकाल पुरा गरि अब विदेशमा सिकेको सिप र अनुभव नेपालमै प्रयोग गर्नुपर्छ भन्दै स्वदेश फर्किए ।

उनले दुई वर्ष बुटवल स्थित क्लब डेनेवो प्राइवेट लिमिटेडमा फुड एण्ड बिवरेज इन्चार्जको रुपमा आफ्नो कार्यभार सम्हाले । दुइ वर्षमै अब फुड एण्ड बिवरेज मात्रै हैन सबै डिपार्टमेन्ट व्यवस्थापन गर्न सक्छु भन्ने आंट अनि आत्मविश्वासका साथ बुटवल स्थित चर्चित होटल आम्रपाली कटेज एण्ड रेस्टुरेन्ट प्रा.लि.मा बिगत १ वर्षदेखि अप्रेशन म्यानेजर (संचालन प्रबन्धक) को कार्यभार सम्हाल्न पुगेका भुसाल अहिले बुटवलकै एक सबैभन्दा कान्छो सफल होटल व्यवस्थापकको रुपमा परिचित छन् ।

स्पष्ट वक्ता तथा एकदमै मिलनसार भुसाल जोसँग पनि राम्रो सम्बन्ध राख्न चाहन्छन् । भुसालले आवश्यक पर्दा बिहानैदेखि राति १२ बजेसम्म पनि होटलका सेवाग्राहीको लागि सेवा सुविधा सहजीकरण कार्यमा खटनी गर्ने गरेका छन् ।

परिश्रम गर्न र आफ्नो पेशागत क्षेत्रमा नवीन अनुभव बटुल्दै त्यसलाई व्यावसायिक र व्यक्तित्व विकासका लागि अभ्यासमा ल्याउन रुचाउने भुसाल भन्छन् ‘‘म भ्रामक भनाइमा भन्दापनि इमानदार गराइमा र अनुशासित परिणामुखी कार्यमा विश्वास गर्छु ।’’ सेवाग्राहीको सन्तुष्टि, टिममा आबद्ध कर्मचारीको हौसला अभिवृद्धि र होटलका ओनरले राखेकोे अपेक्षा परिपूर्तिसँगै आफ्नो कर्मस्थल होटल आम्रपालीको दिन दुईगुणा रात चौगुणा प्रगतिकालागि आफु जिम्मेवारीपूर्ण चिन्तनसहित समर्पित रहेको बताउँछन् भुसाल ।

होटल म्यानेजमेन्टमा डिप्लोमा गरेका भुसालको व्यावस्थापन गर्ने शैली भने अरुभन्दा फरक छ । उनी भन्छन् ‘‘ओप्रेशन म्यानेजर इज टु म्यानेज, नट टु क्रिएट प्रब्लम्ज । अर्थात् संचालन प्रबन्धकको काम व्यवस्थापन गर्नु हो, समस्या सृजना गर्नु होइन । हरेक चुनौतीलाई सामना गर्दै टिमवर्कमा काम गर्याैं भने अवश्य पनि सफल भइन्छ ।’’

यसको साथै रुपन्देही जबलिंक एण्ड ट्रेनिङ्ग सेन्टरमा ट्रेनिङ्ग डाइरेक्टरको रुपमा पनि कार्यरत भुसालको योभन्दा छुट्टै फेन्सि बिजिनेस र ट्रावल व्यावसायमा पनि आबद्धता छ ।

इलमबिनाको सैद्धान्तिक ज्ञानले मात्रै जीविकोपार्जन सम्भव नहुने बताउँछन् भुसालले । व्यक्ति र देशको समृद्धि चाहने नै हो भने दस्ताबेजमुखी सैद्धान्तिक ज्ञान होइन व्यवहारमुखी इलमको विरासत हरेक नेपाली नागरिकसँग हुनैपर्ने उनको स्पष्ट ठहर छ ।

नेपालमा सिप सिक्ने चलनको विकास नभएको कारणले पनि बेरोजगारीको समस्या बढ्दै गएको उनको बुझाइ छ । उनी भन्छन् आम नेपालीले रोजगार पाएका छैनन् भने होटलले दक्ष कर्मचारी पाएका छैनन् । त्यसको कारण भनेको अनस्किल्ड म्यान पावर (Unskilled Manpower) हो ।

आफुले नै भनेजस्तो सिपालु होटल कर्मचारी नपाएकोले आवश्यकता पुरा हुनेगरि ट्रेनिङ्ग कन्सेप्ट बनाएर होटल सम्बन्धी ट्रेनिङ्ग मोडल विकास गरि यसमा आबद्ध भएको उनको भनाइ छ ।

सिप, अनुभव, परिश्रम र लगाव भएकालाई नेपालभित्रै होटल सेक्टरमा जतिपनि अवसरहरु रहेको उनको ठम्याइ छ ।
बुटवलका स्थापित होटल व्यावसायको प्रमुख समस्या भनेकै स्किल्ड म्यानपावर अर्थात् दक्ष जनशक्ति नपाउनु हो । यो आफैमा गम्भीर समस्या भएका कारण उनी यसको समाधानका लागि अत्यन्तै वैज्ञानिक, सस्तो र सुलभ प्याकेजमा होटल सम्बन्धी विविध ट्रेनिङ्गहरु जस्तै कुक(Cook), वेटर(Waiter), बारमेन(Barman), टिम लिडर(Team Leader), सुपरवाइजर(Supervisor), बरिस्टा (Barista) लगायतका होटल सम्बन्धी छोटो अवधिका तालिम दिइ जव रिप्लेस गर्दा होटल तथा कर्मचारी दुबै पक्षलाई समान फाइदा भएको उनको दाबी छ ।

हाल अप्रेशन म्यानेजरको रुपमा आफु कार्यरत रहि सम्पूर्ण व्यवस्थापन सम्हालिरहेको बुटवल स्थित आम्रपाली कटेज एण्ड रेस्टुरेन्टमा रुम, ब्याङक्विट हल, सेमिनार हाल, रेस्टुरेन्ट बार तथा अन्य सुविधासम्पन्न भएकाले आम्रपाली होटलमा आइ उत्कृष्ट हस्पिटालिटी (सेवा) लिनुहुन सम्पूर्णमा उनको आग्रह छ ।

आफ्नै कार्यकालमा ५२ जना कर्मचारी र एकै चोटी १४०० जनाको ब्याङक्विट सर्विस सफल रुपमा सम्हालेको अनुभव रमाइलो भएको उनी सुनाउँछन् ।

टिम वर्क राम्रोसँग भयो भने जुनसुकै कुराको व्यावस्थापन सम्भव छ भन्ने उनको गहिरो अनुभूति छ । पेशेवर धेरै हुन्छन् तर ती धेरै पेशेवरमध्ये सफल पेशेवर थोरै मात्र अर्थात् दुर्लभ हुन्छन् । तिनै थोरै सफल पेशेवरमध्ये भुसाल पनि एक हुन् ।

परिश्रम, सिकाइ र लगाव र जिम्मेवारी बोधका साथ कुनैपनि काम गर्याे भने सफल भइन्छ भन्ने एक उदाहरणीय व्यक्ति होटल म्यानेजर विनोद भुसाल हुन् । मानिस उमेरले होइन अनुभवले खारिन्छ । होटल सेक्टरमा अनुभवै अनुभवले खारिएका भुसाल अहिले २७ वर्षका भए र उनको हालको स्थाइ बसोबास बुटवल–१४ बेलबरिया हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg