साझा पार्टीको ४३ सदस्यीय जिल्ला समिति घोषणसँगै डोल्पामा पनि राजनीतिक चेतनाको उदय

51

पहिलोसन्देश, कार्तिक २५, रुपन्देही ।
दैनिक जनजीवनलाई आवश्यक पर्ने न्यूनतम सुविधासम्म नभएको र भौगोलिक विकटताका कारण दुर्गम मानिएको डोल्पा जिल्लामा भरखरमात्र सडक विस्तार हुनथालेको छ त्यो पनि कच्ची ।

आम डोल्पाली सर्वसाधारणहरु जसलाई आजीवन धेरै प्राकृतिक कठिनाइ भोग्नुपर्छ उनीहरुमा राजनीतिक सचेतना यो देशले बल्लमात्र साक्ष्य बन्ने अवसर पाएको छ ।

साझा पार्टीको ४५ सदस्यीय जिल्ला समिति घोषणसँगै डोल्पामा पनि राजनीतिक चेतनाको उदय भएको छ ।

प्रजातान्त्रिक ३० बर्षे सरकारहरूले भरखर मात्र कच्ची सडक पुर्याउन सकेको एक मात्र अति हेपिएको डोल्पा जिल्लामा पनि डुब्दै गरेको देश र कमजोर बन्दै गएको राष्ट्रियताप्रति त्यस्तो हुनुहुँदैन भन्दै एक आवाज, एक निर्णायक राजनीतिक आन्दोलन शुरु गर्नका लागि साझा पार्र्टीको पूर्ण समावेशिता रहेको ४३ सदस्यीय संस्थापक जिल्ला समिति डोल्पा घोषणा भएको कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहालले पहिलोसन्देशलाई जानकारी दिनुभयो ।

जिल्ला समिति डोल्पा घोषणा कार्यक्रम कार्तिक २४ गते सम्पन्न गरिएको थियो ।

डोल्पामा बैकल्पिक विचारसँगै वैकल्पिक राजनीतिबाट अभिप्रेरित भावनाको जन्म गराउन उल्लेख्य भूमिका निर्वाह गर्नुहुने संयोजक नरेन्द्र धराला, पार्र्टी प्रवक्ता मन कृष्ण डाङ्गी, सह–प्रवक्ता रमिता के.सी. लगायत सम्पूर्ण संस्थापक जिल्ला सदस्यहरूलाई जिम्मेवारीको पूर्ण सफलताको लागि साझा पार्टी कर्णालीले शुभकामना समेत व्यक्त गरेको छ भने जिल्ला समितिका सबै सदस्यहरु राष्ट्रका लागि एकताबद्ध भइ संगठित रुपमा साझा पार्टीमा आबद्ध भइ संघर्ष गर्न पाउँदा आफुहरु निकै खुशी भएको बताउनुहुन्छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg