बुटवल उपमहानगरपालिकाद्वारा अनुदानको मल बिक्रिवितरण गरिदै

14

पहिलोसन्देश, बुटवल, कार्तिक २९

मल बिक्रिबितरणका लागि सूचीबद्ध हुन बुटवल उपमहानगरपालिकाले विभिन्न सहकारी, फर्म तथा कम्पनीलाई आह्वान गरेको छ ।

नेपाल सरकारद्वारा कृषकको लागि वितरण गरिने अनुदानको मल किसानलाई अपुग नहुनेगरी स्थानीय स्तरमा बितरण कार्य सहजीकरणका लागि विभिन्न १२ वटा संस्थाहरुलाई उपमहानगरले बिक्रेताको सूचीमा दर्ताका लागि निवेदन पेश गर्न कार्तिक २८ गते सूचना निकाली दर्ताहुन आवह्वान गरेको हो ।

कार्तिक महिनाभित्रै सूचीमा दर्ता गर्न भनिएकोमा उपमहानगरले उल्लेख गरेको १२ वटा संस्थाहरुमध्ये धेरैले दर्ता गरिसकेको पहिलोसन्देशलाई बताउनु भयो बुटवल उपमहानगरका प्रवक्ता राम प्रसाद रेग्मीले ।

वितरणको क्रममा एक ठाउँबाट अर्काे ठाउँमा ढुवानी गर्दा लाग्ने भाडा अनि मल बितरणका लागि कर्मचारी परिचालनमा आवश्यक खर्चभन्दा बढी मूल्य नपर्नेगरी किसानलाई बिक्रि बितरण गरिने रेग्मीले जानकारी दिनु भयो ।

प्रवक्ता रेग्मीले बताए अनुसार जमिनको परिमाण र कुन कुन खेती गरिन्छ त्यस्को आधारमा किसानलाई मल उपलब्ध गराइने छ ।

२९ गते शनिबार, ३० गते (कार्तिक), १ र २ गते (मंसीर) सार्वजनिक विदा परेको छ । कार्तिक महिनाभित्रै सूचीमा दर्ता हुनुपर्ने प्रवक्ता रेग्मीले बताउनु भयो । सो अनुसार पर्याप्त समय संस्थाहरुलाई उपलब्ध नभएको देखिन्छ । यद्यपि सूचनामा कहिलेसम्म सूचीमा दर्ता भइसक्नुपर्ने खुलाइएको छैन ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg