विद्यार्थीको जिम्मेवारी

12

विद्यार्थीको जिम्मेवारी

गन्तव्य भुलेर कुबाटो लाग्नु, यो त हो ठुलै बिमारी
शिक्षा र दक्षता समयमा पाउनु विद्यार्थीकै हो जिम्मेवारी
गन्तव्य भुलेर कुबाटो लाग्नु …………………

स्वदेशको छवि दुनियाँभरमा सदा सुन्दर राख्नको लागि
इमानदार, मिहिनेती बन, आलस्य र स्वार्थलाई त्यागी
ज्यादै पोल्यो गरिबीको घामले, ल्याउ विकासको छहारी
गन्तव्य भुलेर कुबाटो लाग्नु…………………………

राम्रो विचार, राम्रै व्यवहारले सबैको जीवन भर्नु छ
जुनसकुै हालमा, जुनसुकै रुपमा समाजको सेवा गर्नु छ
भूमिका खेल्ने दिन छिटै आउँदै छ मिलेरै गरौं तयारी
गन्तव्य भुलेर कुबाटो

देवी, देउता यो बुद्धभूमिमा बस्छन् जन्मने मौका मागी
शान्ति भूमिमा अशान्ति ल्याएर नबन नेपाली अभागी
हिंसा, हत्यालाई अंगालेर हुँदैन नि कोही क्रान्तिकारी
गन्तव्य भुलेर कुबाटो ……………..

कर्तव्य भुलि अधिकार नभन, भ्रष्ट भएर बेकार नबन
देशै मास्ने सरकार नबन, इज्जत बेच्ने बजार नबन
याद राख अनैतिकताले जीवनमा ल्याउँछ संकट भारी
गन्तव्य भुलेर कुबाटो लाग्नु यो त हो ठुलै बिमारी…………
शब्द/भाव : राजु विके

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg