साझा पार्टी लुम्बिनीको नेतृत्वमा कपिलवस्तु जिल्लाभित्र  संगठन विस्तारमा तीव्रता

191

पहिलोसन्देश, कार्तिक २९, कपिलवस्तु ।

साझा पार्टी लुम्बिनीको नेतृत्वमा कपिलवस्तु जिल्लाभित्र  संगठन विस्तारले तीव्रता पाएको छ । साझा पार्टी लुम्बिनीको नेतृत्वमा कपिलवस्तुमा  साझा पार्टीको संगठन विस्तार गरिएको छ । आज मिति २०७७ कार्तिक २९ गते लुम्बिनी प्रदेशका सचिवालय प्रमुख केशब राज खनाल , केन्द्रीय सदस्य हरि कृष्ण अधिकारी, साझा युवा संगठन लुम्बिनी प्रदेशका संयोजक शिव प्रसाद बेल्बासे र युवा संगठनका लुम्बिनी प्रदेश सद्स्य दिपक बेल्बासेको उपस्थितिमा कपिलवस्तु बुद्धको भूमिमा अर्थात बुद्धभूमि नगरपालिकामा साझा पार्टीको संगठन बिस्तार भएको हो ।

आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लामा बुद्धभूमि नगरपालिका समिति चयन गरिएको छ ।

नुमलाल भुसाल  संयोजक र शरिता भार सह–संयोजकको नेतृत्वमा गठन भएको समितिमा २० सदस्य रहेका छन् ।

त्यसैगरि संगठन बिभाग प्रमुखमा ऋषिराम अधिकारी ,सचीव नारायण न्यौपाने , अभियान बिभाग प्रमुखमा यमलाल बेल्बासे, सूचना, संचार तथा प्रविधि बिभाग प्रमुखमा सुभास न्यौपाने , कोषाध्यक्षमा मधुसूदन भण्डारी र महिला बिभाग प्रमुखमा सारदा अधिकारी सदस्यहरुमा सन्जय बस्याल, साबित्रा खनाल, राज कुमार भार, छबिलाल भुसाल, निरज खनाल, जनक क्षेत्री, प्रकाश चौधरी, श्याम सुनार, बिनोद खत्री, सरोज अधिकारी,भुवन थारु र प्रकाश केहर रहनु भएको छ । सल्लाहकारमा  तुल्सिराम बेल्बासे रहनु भएको छ ।

नगर समितिले बुद्धभूमि नगरपालिकामा बाँकी रहेका सबै वडाहरुमा पनि छिटोभन्दा छिटो कमिटी गठन गर्ने संगठन बिभाग प्रमुख ऋषिराम अधिकारीले पहिलो संदेशलाई बताउनु भयो ।

बुद्धभूमि नगर समितिमा चयन हुनु भएका सबै सदस्यहरुप्रति साझा पार्टी लुम्बिनी प्रदेशले बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना सहित समितिको सक्रियतामा देशलाई समृद्ध बनाउने अभियान थप सशक्त बनोस् भन्दै शुभकामना समेत ब्यक्त गरेको छ ।

गत कार्तिक १३ गते पनि बुद्धभूमि नगरपालिकामा संगठन विस्तार गरिएको थियो ।

 

यो पनि पढ्नुहोस् :

कपिलवस्तुमा पनि साझा पार्टीको संगठन विस्तार, हामी लगातार अभियानमा छौं

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg