स्याउ पौष्टिक पदार्थहरुले भरपुर मानिन्छ । यो फल प्रायः सबै मौसम र ठाउँमा उपलब्ध छ । तपाईले प्रतिदिन एक वा दुईवटा स्याउ नियमित रुपमा खानु भयो भने मुटुलगायत अन्य सबै रोगहरुको रोकथाम यसले गर्न सक्छ । स्याउमा अनेक प्रकारका खनिज, विटामिनहरु हुन्छन् । पोटेशियम, फसफोरस, मेगनिज विटामिन सी लगायत अन्य धेरै प्रकारका पौष्टिक तत्वले भरपुर हुन्छ स्याउ ।
स्वास्थ्यको असल मित्र नै हो स्याउ तथापि यो मित्र अन्य केही खाने कुराको संगतमा आयो भने यसले तपाईसँग शत्रुको व्यवहार पनि गर्न सक्छ, तपाईलाई हानि पुर्याउन सक्छ । त्यसैले एप्पल सेवन गरेपछि तुरुन्त निम्न कुराहरु तपाईले नखानुहोला ।
दही
स्याउ खाएपछि दही सेवन गर्नु हुँदैन । कसै कसैको दहीमा स्याउ मिसाएर खाने बानी हुन्छ । यो स्वास्थ्यलाई हानिकर प्रमाणित हुन सक्छ । स्याउ र दही संगै मिसिएमा यसले शरीरमा चिसो प्रभाव देखाउँछ जसका कारणले छातीमा समस्या बढ्न सक्छ । श्वासप्रश्वास नलीमा खकारको मात्रा बढेर तपाईलाई सताउन सक्छ । त्यसैले स्याउ खाएको दुई घण्टा पछि मात्र दही सेवन गर्नुहोला ।
अचार
तपाईले स्याउ खानु भएको छ भने अमिलो कुराहरुबाट जोगिनु होला । विशेषगरी अचार अथवा कागती त खांदै नखानुहोला । किन कि यसले तपाईको पेटमा ग्याँस, अम्लियता(एसिडिटी) र कोष्ठबद्धता अर्थात् कब्जियत जस्ता नकारात्मक असर देखाउँछ । त्यसैले अचार वा कागती जस्ता अमिला कुरा स्याउ खाएको २ घण्टा पछि मात्र सेवन गर्ने बानी बसाल्नुहोस् । हितकर हुन्छ ।
जल
गुलियो वा अमिलो कुरा खाएपछि पानी पिउन नहुने बताउँछन् पोषणविज्ञहरु । कुनै पनि खाने कुरा खाएपछि पानी पिउनु हुन्न हामीलाई थाहा छंदै छ । खाना खाएर पानी पिएमा यसले पिएच लेवललाई असन्तुलित बनाउँछ । आमाशयमा रहेको एसिडलाई कमजोर बनाउँछ । फलस्वरुप पेटमा ग्याँस बन्ने, अपच हुने, पेट फुल्ने, कब्जियत निम्तिने हुन्छ । त्यसैले कुनै पनि खाने कुरा सेवन गरेको एक घण्टापछि मात्र पानी पिउनु राम्रो हो ।
मूला
स्याउ खाएर मूला सेवन गरेमा यसले छालामा नकारात्मक असर गर्ने बताइन्छ । राता दानाहरु निस्किने, छालामा एलर्जी हुने हुन्छ । यद्यपि सबैलाई यस्तो नभएको भेटिएको छ । शरीर प्रतिरोधात्मक क्षमताले समृद्ध भएको कारणले यो असर नदेखिएको अनुमान लगाउन सकिन्छ ।
एक वा दुई एप्पल दैनिक रुपमा खानुहुन्छ भने बिहानको समयमा खाना खानुअघि खाएको धेरै लाभकारी सिद्ध हुन्छ । भोजनपछि फलफुल सेवन नगरेकै राम्रो हुन्छ ।
Facebook Comments