चुनावमा धाँधली भएको छैन भन्ने निर्वाचन सुरक्षा अधिकारीलाई ट्रम्पले बर्खास्त गरे

7

अमेरिकाका पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावमा धाँधली भयो भनेर गरेको आरोप खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका छन्।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीअन्तर्गत साइबर सुरक्षा विभाग हेर्ने अधिकारीलाई ट्रम्पले पदबाट हटाएका हुन्।

ट्रम्पले ट्विटमार्फत साइबर सेक्युरिटी एन्ड इन्फ्राइस्टक्चर सेक्युरिटी एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेको जानकारी दिएका हुन्।

अमेरिकामा यही नोभेम्बर ३ मा सम्पन्न चुनावमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनले स्पष्ट बहुमत ल्याइसकेका भए पनि धाँधली गरेको भन्ने आरोप लगाएर ट्रम्पले आफ्नो हार अस्वीकार गरिरहेका छन्।

तर क्रिसले हालै वक्तव्य जारी गरेर ट्रम्पले दाबी गरेजस्तो चुनावमा धाँधली भएको कुनै प्रमाण नभएको भन्दै खण्डन गरेका थिए।

त्यही रिसमा ट्रम्पले उनलाई बर्खास्त गरेकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg