मेगा बैंकको लिलामी सेयर नेप्सेमा सूचीकृत

1
काठमाडौं : मेगा बैंकले लिलामीमा बिक्री गरेको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर बुधबार सूचीकृत गराएको हो । मेगाले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता गरी कुल १८ लाख ४० हजार ७३९।६३ कित्ता सेयर लिलामी बिक्री गरेको थियो ।
सोही सेयर बुधबार सूचीकरण भएको हो । उक्त लिलामी सेयरमा सर्वसाधरण समूहतर्फ न्यूनतम २१६ रुपैयाँ भाउ कबोल गर्नेले सेयर पाएका थिए । सर्वसाधारण समूहमा ५ हजार १५१ जनाले आवेदन दिएका थिए । यसैगरी, संस्थापक समूहको लिलामीमा न्यूनत १०८ रुपैयाँ ११ पैसा कट अफ आएको थियो । यसमा ११९ जनाले आवेदन दिएका थिए ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg