रिलायन्स लाइफको एक सेयरधनी एक बीमालेख अभियान

5

काठमाडौं– रिलायन्स लाइफइन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ।

जीवनको हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकताहरुलाई पूर्ति गर्न जीवन बीमा एक उचित माध्यम भएको हुनाले कम्पनीले यो अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउने प्रयास गरेको छ।

यस अभियान अन्तर्गत कम्पनीका सेयरधनीले आफ्नो आवश्यकता (बालजीवन, बचत, अवकास र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टलमार्फत् प्रतिस्पर्धात्मक बीमा शुल्कमा सजिलै लिन सक्नेछन्।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg