जति व्यस्त भएनि एक कल फोन गरोस् (गीत)

13
जति व्यस्त भएनि एक कल फोन गरोस् (गीत)

कामले थाकी सुत्दा मलाई सम्झियोस्
पिरैपिर परेर रुंदा मलाई सम्झियोस्
हरपल याद गरोस् मायालु यस्तो होस्
जति व्यस्त भएनि एक कल फोन गरोस् …………

सजाइ राखोस् आफ्नो मनमा मलाइ चाहना बनाएर
पर्खी बसोस् संधैभरी मसँगै रमाउने सपना सजाएर
मान्छे नयाँ भेट्दा मदेखि नतर्कियोस्
केही कुरा सोध्दा रिसले नझर्कियोस्
हरपल याद गरोस् मायालु यस्तो होस्
जति व्यस्त भएनि एक कल फोन गरोस्………….

निल्नु न ओकेल्नु भयो तेरो माया त मलाई नभनोस्
नखोजोस् संसारको रमाइलो केवल मेरो मुटुमा बसोस्
मैले माया गर्दा मधुरस टप्कियोस्
मरुभूमिमा हुँदा पानी बनी बर्सियोस्
हरपल याद गरोस् मायालु यस्तो होस्
जति व्यस्त भएनि एक कल फोन गरोस् ………..

रिसाएर नफ्याँकी दियोस् यौटा स्याउ खाउँ संगै भन्दा
बिर्सुं म सबै पीडाहरु उसको त्यो मिठो बोली सुन्दा
उसले माया गर्दा मेरो खुशी थपियोस्
एकअर्कालाई हेर्दा यो नाता लम्बियोस्
हरपल याद गरोस् मायालु यस्तो होस्
जति व्यस्त भएनि एक कल फोन गरोस् ………….

सम्झिदा जसलाई मेरो जीवनको एक्लोपन मेटियोस्
हर जनममा साथ दिन मनको साथी बनी भेटियोस्
जहिले दुख पर्दा उसकै साथ मिलोस्
मैले नाम लिदा उसकै पहिलो होस्
हरपल याद गरोस् मायालु यस्तो होस्
जति व्यस्त भएनि एक कल फोन गरोस् …………….

गर्छु उसैलाई याद हमेसा मेरो पागलपन उसले बुझोस्
संधै मिठो बोली सुनु सुनाउँ एकअर्काको मन नदुखोस्
उसले मलाई छुंदा मेरो साहस बढोस्
हारेर भुइमा ढल्दा उ मेरो बल बनोस्
हरपल याद गरोस् मायालु यस्तो होस्
जति व्यस्त भएनि एक कल फोन गरोस् …………..

शब्द भाव : राजु विके

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg