बलिउड ड्रग्स केसः कमेडियन भारतीको घरमा छापा !

1

मुम्बइ। बलिउड ड्रग्स केसमा कमेडियन भारती सिंह पनि मुछिएकी छिन् । नारकोटिक्स कन्ट्रोल ब्युरोले भारतीको अन्धेरीस्थित घरमा छापा मारेको छ । भारतीको घरबाट गांजा बरामद गरिएको छ ।

यसका साथै एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयान दिन उपस्थित हुन नोटिस पठाएको छ । पछिल्लो समय एनसीबीले ड्रग्स केसमा कैयौं स्टारहरुलाई निशाना बनाएको छ । हालै अभिनेता अर्जुन रामपालको घरमा पनि छापा मारिएको थियो । भारती पछिल्लो समय द कपिल शर्मा शोमा व्यस्त छिन् ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg