१२ वर्षीया किशोरीलाई पानीदेखि एलर्जी, सावधान नभएमा जानसक्छ ज्यान

4

पानी सबै प्राणीलाई प्रकृतिले दिएको अत्यन्तै महत्वपूर्ण वरदान नै हो । पानी बिना जीवनको परिकल्पना गर्नै सकिन्न ।

तर एउटी १२ वर्षीया किशोरी पानीको व्यवहार मित्रवत् नभएपछि विश्व मिडियामा चर्चित बनेकी छन् । उनीलाई पानीदेखि एलर्जी छ । यही कारणले पानीसँग उनको शरीर सम्पर्क आउने बित्तिकै उनले धेरै समस्या झेल्नुपर्दछ । उनको नाम डेनियल मेक्रेवन हो । उनी अमेरिकाको हटन लुजियानाकी निवासी हुन् । उनलाई भएको रोगको नाम एक्वाजेनिक यूर्टिसेरिया हो जसबाट विश्वमै १०० जना भन्दा थोरै मानिसहरु पीडित छन् ।

Poor Danielle breaks out in painful hives whenever she sweats or criesपानीको सम्पर्कमा आउनसाथ डेनियलको छालामा अत्यन्तै पीडादायी राता दागहरु देखिन सुरु हुन्छन् । डेनियललाई पौडी खेल्न मन पर्थ्यो तर आफ्नो समस्याको पहिचान भएपछि उनीले आफ्नो रहरलाई नै त्याग्न बाध्य भएकी छिन् । डेनियललाई पसिना आउँदा पनि असाध्यै पीडा हुन्छ, शरीर चिलाउन थाल्छ त्यसैले उनी गर्मीयाममा घरै बस्न बाध्य छिन् ।

डेनियलको सम्पर्क जति धेरै पानीसँग हुन्छ उती धेरै उनको समस्या बढ्छ । उनीलाई एनाफायलेक्टिक शकसमेत हुनसक्छ । यो अवस्था भनेको अचेत हुनु हो । एक बाल्टि पानीले नुहाएमा मात्र पनि डेनियलको ज्यानै जान सक्छ ।

यो रोग डेनियलको बाहिरी छालामा मात्र सीमित छ । उनले पानी पिउँदा भने समस्या छैन । जब डेनियल ११ वर्षकी थिइन् तब आफुलाई यो रोग छ भन्ने उनले थाहा पाएकी थिइन् ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg