८ थान भरुवा बन्दुक बरामद

3

बाग्लुङ, २०७७ मङ्सिर ६ गते

 ताराखोला गाउँपालिका-२ स्थित हर्पु खोलाको किनारबाट ४ थान र सोही गाउँपालिका-५ नाङगेस्थित जुङ्दे सामुदायिक बनबाट ४ थान गरी वेवारिसे अवस्थामा रहेका जम्मा ८ थान एकनाले भरुवा बन्दुक शुक्रबार प्रहरीले बरामद गरेको छ ।

उक्त खोलाको किनारमा सिमेन्टको बोराले छोपी राखेको अवस्थामा ४ थान र उक्त बनमा ढुङ्गाले छोपेर लुकाई राखेको अवस्थामा ४ थान भरुवा बन्दुक ईलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg