उ अरुसँगै भेटिन्छ कुरा फेरिरहन्छ बातबातमा ढांट्छ
गीत
जब प्यार होइन बोली वचनमा अहंकार हाबी हुन्छ
अरुकै माया जाग्छ सम्बन्धको यात्रा ओराली लाग्छ
धोखाको सिलसिला हो यो अब मन तैंले बुझ्नुपर्छ
उ अरुसँगै भेटिन्छ कुरा फेरिरहन्छ बातबातमा ढांट्छ …………
बहाना बनाइ धेरै समय उसले अरुलाई दिन थाल्यो
हिंजो आँखामा सजायो आज कसिंगर सम्झि फाल्यो
अघि बढ्न सक्दैन सायद यो जीवन पनि अब थाक्छ
उ अरुसँगै भेटिन्छ कुरा फेरिरहन्छ बातबातमा ढांट्छ………….
देखावाले मान्छे ठुलो यहाँ छैनरहेछ भावनाको मूल्य
स्वार्थ पुरा भए देवता भन्ने नत्र हुने मान्छे शत्रुतुल्य
लाजै नमानी झूटो कसम खाइ मान्छेले कसुर ढाक्छ
उ अरुसँगै भेटिन्छ कुरा फेरिरहन्छ बातबातमा ढांट्छ…………..
खेलौना बनाइ खेल्दारैछन् मान्छे र मान्छेको भावनासंग
आफ्नो तनमन साट्दारैछन् धन सम्पत्तिको चाहनासंग
आफैलाइ दोकान बनाइ उसले पिरतीको व्यापार आँट्छ
उ अरुसँगै भेटिन्छ कुरा फेरिरहन्छ बातबातमा ढांट्छ………….
शब्द भाव :राजु विके
Facebook Comments