बोलपत्र पेश गरेकाहरुमध्ये ११ बोलपत्रदाताहरुले खाद्यवस्तु ढुवानीको जिम्मेवारी पाए

18

राजु विके, रुपन्देही, मंसिर ९ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानीको बोलपत्र स्वीकृत गरेको सूचना प्रकाशन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा स्थलमार्गबाट खाद्यवस्तु ढुवानी सम्बन्धमा कम्पनीले गोप्य शिलबन्दी बोलपत्र आह्वान गरे बमोजिम बोलपत्रहरु स्वीकृत भएका हुन् ।

कम्पनीले २०७६/०६/१६ गते दोस्रो पटक गोरखापत्रमा सूचना प्रकाशित गरेकोमा सो सूचना अनुसार न्यूनतम दरभाव तोकेर पेश गरिएका बोलपत्रहरु स्वीकृत भएका छन् ।

बोलपत्र पेश गरेकाहरुमध्ये ११ बोलपत्रदाताहरुले स्थलगत ढुवानीको जिम्मेवारी पाएका छन् ।

कम्पनीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ अनुसार बोलपत्रदाताहरुको जानकारीका लागि उक्त सूचना प्रकाशित गरेको जनाइएको छ ।

झापा, मोरङ्ग संखुवासभा (प्रदेश १), सिरहा, धनुषा (प्रदेशे २), मकवानपुर, काठमाडौ ं(बाग्मती प्रदेश ), गोरखा, तनहुँ (गण्डकी प्रदेश), रुपन्देही, रोल्पा, बाँके, बर्दिया (लुम्बिनी प्रदेश ), सुर्खेत, डोल्पा, हुम्ला (कर्णाली प्रदेश), बाजुरा, दार्चला, कैलाली (सुदूरपश्चिम प्रदेश) गरी जम्मा १९ वटा जिल्लाहरुका स्वीकृत भएका २६ सेक्टरका बोलपत्रदाताहरुमध्ये सबैभन्दा धेरै टेन्डर बाग्मती प्रदेशको हेटौडा ४ मकवानपुर स्थित हरहर महादेव ढुवानी सेवालाई परेको छ ।

झापा (विरगंजदेखि बिर्तामोड), मोरङ्ग (वीरगंजदेखि विराटनगर), सिरहा (वीरगंजदेखि लहान), धनुषा (वीवरगंजदेखि जनकरपुर), मकवानपुर(वीरगंंजदेखि हेटौडा), काठमाडौ (बिर्तामोड र भैरहवादेखि काठामाडौ), गारखा(लहानदेखि गोरखा सदरमुकाम), तनहुँ(लहान र जनकपुरदेखि विमलनगर) गरी १० ओटा सेक्टरहरुको ठेक्का हरहर महादेव ढुवानी सेवालाई परेको छ ।

ढुवानीको जिम्मा पाउने अन्य बोलपत्रदाताहरुमा सोनाम कन्सट्रक्शन, संखुवासभा, याङ्ला ट्रेड एण्ड सप्लायर्स, संखुवासभा, एन्जीला ट्रेड एण्ड सप्लायर्स बाँके, पाण्डेय ढुवानी सेवा, कैलाली, थापा एण्ड भलु्वाजोर निर्माण सेवा रामेछाप, नमूना ढु्वानी सेवा डोल्पा, अदिती ट्रान्सपोर्ट, काठमाडौ, अलिशा हिमाली निर्माण सेवा प्रालि डोल्पा, एल.बि. सप्लायर्स हुम्ला र ऊँ शिव कन्सट्रक्शन एण्ड अर्डर सप्लायर्स, बाजुरा रहेका छन् ।

 

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg