मोटरसाइकलमा आगजनी तथा तोडफोड गरेको अभियोगमा पक्राउ

5

रोल्पा, २०७७ मङ्सिर १२ गते

मोटरसाइकलमा आगजनी तथा तोडफोड गरेको घटनामा संलग्न रहेको अभियोगमा रोल्पा गंगादेव गाउँपालिका-४ डलसिङगे बस्ने ३४ वर्षीय कृष्ण वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सल्यान बागचौर नगरपालिका-१२ दर्गामा गत कात्तिक २० गते रा.३ प ३२७२ नम्बरको मोटरसाइकलमा तोडफोड एवं आगजनी गरी फरार रहेका कृष्णलाई रुकुम पूर्व उत्तरगंगा गाउँपालिका-१० तक्सेराबाट प्रहरीले पक्राउ गरेको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg