पोखरामा युवतीलाई जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने खाजा घर सञ्चालक पक्राउ

7

पोखरा  पोखरा जाल्पारोड स्थित एक खाजा घरका सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो खाजा घरमा खाजाखान आउने पुरुषहरुसँग पैसा लिएर खाजा घरमा काम गर्न राखेका युवतीलाई जवरजस्ती शारीरिक सम्पर्कमा सम्लग्न गराउने गरेको आरोपमा एक सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–३ घरभई पोखरा–९ जाल्पारोडमा खाजाघर सञ्चालन गर्दै आएका ३४ वर्षीय केशव भुजेल बिहीबार राति पक्राउ परेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो  ।

पक्राउ परेका युवकले  युवतीहरुलाई खाजा घरमा खाजा नास्ता वितरणको काममा लगाइदिन्छु भनी बोलाएर ल्याई डरधम्की देखाएर खाजाघरमा आएका व्यक्तिसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्यत्र होटलमा समेत पठाई यौन शोषण गरेको भन्ने  उजुरीका आधारमा भूजेललाई  पक्राउ गरिएको डिएसपी हमालले बताउनुभयो  ।

खाजा घर सञ्चालक भुजेललाई मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तरगत  म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ  ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg