कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

3

काठमाडौं, २०७७ मङ्सिर १५ गते

विभिन्न ठाउँबाट कुटपिट गरि हत्या गरेको अभियोगमा व्यक्तिहरु पक्राउ परेका छन् ।

नवलपरासी पश्चिम,  सुस्ता गाउँपालिका-१ बनदेबी बस्ने २७ वर्षीय रबिन्द्र चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका करमाना बस्ने ३७ वर्षीया शन्ता ढकाल र उनका छोरा २१ वर्षीय संजय ढकाल रहेका छन् । शनिबार राति शन्ताको घरको कम्पाउण्डमा छिरेको बिषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका रबिन्द्रको आइतबार दिउँसो शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता नवलपरासीमा उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुडिया र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-४ आमडागी मोड बस्ने ५० वर्षीय पूर्ण बहादुर प्रधानको कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय दिवस मगर, २८ वर्षीय प्रेम तामाङ र ५५ वर्षीय बिशाल तामाङ रहेका छन् । प्रेम तामाङलाई पछाडीबाट लात्तीले हिर्काएको बिषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका पूर्ण बहादुरको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg