गीत :स्वर्गकी हौ अप्सरा
मुखडा
केटा— यस धर्तीकी होइनौ तिमी, स्वर्गकी हौ अप्सरा
भेटें मैले तिमीलाई अब सपना हुने भो पूरा
केटी— अरु केटीहरुसँग पनि गर्याै होला यस्तै कुरा
जालैमा पर्दिन व्यर्थै कोशिश गरेको किन बिचरा ………
अन्तरा १
केटा—
मेरा सपना, मेरो कल्पना, तिमीलाई भेटें भए सबै साकार
तिमी नै हौ जिउने आधार जन्मौंदेखिको तिमी मेरो प्यार
जीवनमा मेरै आइनौ भने सपना रहन्छन् अधुरा
यस धर्तीकी होइनौ तिमी, स्वर्गकी हौ अप्सरा ………..
अन्तरा २
केटी—
केटाहरु आजकलका यहाँ हुँदैनन् नि कोही पनि सज्जन
भमरासरी फूल फूलमा संधै डुलिरहन्छ त्यो आवारा मन
राम्री केटी जहाँ भेट्यो लगाउँछन् त्यहीं पहरा
जालैमा पर्दिन व्यर्थै कोशिश गरेको किन बिचरा ………
अन्तरा ३
केटा—
एकै नजरले सबैलाई नहेर, सच्चा छु है म मलाई चिन
राख्छु खुला दिलको ढोका आउ विश्वास लाग्छ जुन दिन
सम्झ है बुझ है मायालु यो मनको इसारा
यस धर्तीकी होइनौ तिमी, स्वर्गकी हौ अप्सरा ………..
अन्तरा ४
केटी—
यसरी देख्दा सुन्दा त लाग्छ यही पाप छैन नि त्यो मनमा
सोचे जस्तो मैले पाएँ भने आउँला एकदिन तिम्रै जीवनमा
तिम्रै लाउँला सिउँदोमा सिन्दुर हातैमा चुरा
साथ सँधै दिन्छु मैले हान्दिन धोखाको छुरा
केटा—
यस धर्तीकी होइनौ तिमी, स्वर्गकी हौ अप्सरा
भेटें मैले तिमीलाई अब सपना हुने भो पूरा
केटी—
नगर्नु तिमीले अरु केटीहरुसँग यस्ता कुरा
सँगै मिलि झेलौंला हामीले पलहरु अप्ठेरा
केटा—
यस धर्तीकी होइनौ तिमी, स्वर्गकी हौ अप्सरा
भेटें मैले तिमीलाई अब सपना हुने भो पूरा………….
शब्द/भाव :राजु विके
Facebook Comments